logo

काठमाडौं–४ मा भारि मत ल्याएर गगन थापा विजयी

म आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु:थापा

    1250   पटक पढिएको

६ मंसिर/अर्थ र व्यापार– काठमाडौको क्षेत्र नं. ४ मा भारि मत ल्याएर नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ह्याट्रिक जित हाँसिल गरेका छन् । गठबन्धनको तर्फबाट विजयी भएका थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित हाँसिल गरेका हुन् ।
न्वनिर्वाचित थापाले उनका प्रतिद्धन्द्धी भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन । गगन थापाले २१ हजार ३०२ मत ल्याएर विजयी भएका हुन भने नेकपा एमालेका उम्मेदवार भट्टराईले जम्मा १३ हजार ८५५ मात्र मत ल्याएका थिए ।
इसअघि २०७४ सालमा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका हुन् ।
२०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । त्यसअघि २०६४ सालमा थापा समानुपातिक सांसद थिए ।
आफ्नो ३१ वर्षे उमेरमै समानुपातिक सांसद रहेका थापा लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले थापा कांग्रेसका महामन्त्री छन् । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य थापाले अब आफु संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।
निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै सम्बोधन गर्दै थापाले भने, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्छु ।’
उनले अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजेको बताए । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले भने ।

काठमाडौं ४ बाट २१ हजार ३०२ मतकासाथ विजयी भएका थापाले आफ आफुले मतदाताको विश्वासमाथि घात नगर्ने वाचासमेत गरे । उनले मतदाताले दिएको जिम्मेवारी इमानदारिताकासाथ पूरा गर्ने बताए ।

निर्वाचन जितेसंगै उनले यो निर्वाचनमा गठबन्धनले नै बहुमत पाउने र गठबन्धनकै सरकार बन्ने दाबी गरे । तर, सबै कुराको अहिले नै विश्लेषण गर्न हतार हुने उनले बताए । ‘गठबन्धनले बहुमत प्राप्त गर्छ । सरकार बन्छ । सरकार बन्ने वित्तिकै राम्रो हुँदैछ भन्ने विश्वास दिलाउनु पर्नेछ । यो हाम्रोसामु चुनौती छ’ थापाले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।