logo

राति २ बजे राष्ट्रपतिलाई उठाएर लहडमा संसद् भंग गर्नेहरुलाई के भन्नु : प्रधानमन्त्री देउवा

    374   पटक पढिएको


१ कात्तिक /अर्थ र व्यापार – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राति २ बजे राष्ट्रपतिलाई उठाएर लहडमा संसद् भंग गर्नेहरुलाई के भन्नु र ? भनेर व्यग्य गरेका छन । सत्ता गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आगामी ४ मंसिरमा हुने प्रतिनिधी सभा र राष्ट्रिय सभाको निर्वाचनमा उठेका अन्य दलका नेताहरुलाई यस्तो व्यग्य गरेका हुन ।

उनले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे । उनले पूर्वप्रधानमन्त्री केपी ओलीले दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको आरोप लगाए ।
यसैगरि, प्रधानमन्त्री देउवाले ओलीले रातारात संसद् विघटन गरेको स्मरण गरे । ‘जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन । यो–यो अवस्थामा बाहेक संसद् भंग गर्न पाइँदैन भन्ने व्यवस्था हामीले गरेका थियौं । राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्नेहरु छन्,’ देउवाले भने, ‘त्यही काम बिहान ६–७ बजे गरेको भए पनि हुन्थ्यो । लहडमा भंग गरिदिनुभयो । लहडमा त उहाँले के गर्नुहुन्छु, के गर्नुहुन्न के थाह ?’
उनले अहिले सत्ता गठबन्धन राम्रोसँग चलिरहेको र चुनावपछि पनि गठबन्धनकै सरकार बस्ने बताए । ‘अहिले गठबन्धन राम्रोसँग चलेको छ । कुरा गर्ने मान्छेले जे पनि भन्छन् । तर, कुरामात्रै गरेर हुँदैन । मैले पनि अस्ति हँसिया हथौडामा भोट हालेकै हो । पाए आजै पनि हाल्थेँ,’ उनले भने, ‘निर्वाचन भनेको आवधिकरुपमा हुने हो, जहिले पायो त्यहीले भोट हाल्न पाइँदैन । ओलीजीले त दुई वर्षअघि नै चुनाव गर्न खोज्नुभएको थियो । मलाई सबै साथीहरूले, जनताहरूले यो कुरा बुझ्नुपर्छ लाग्दछ ।’
प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीले दुई वर्षअघि नै संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई माँस्ने प्रयास गरेको बताए । अहिलेको यो संविधान राम्रो संविधान छ, यो संविधान बचाएर सबैले मिलेर देशको विकास गर्नुको विकल्प नभएको बताउँदै देउवाले भने, ‘अहिले गठबन्धन छ, जहाँ जो उम्मेदवार छ, त्यही भोट हालौँ । जहाँ रुख छ, त्यहाँ हालौँ । कलम भएपनि हालौँ, हँसिया हथौडा भए पनि हालौँ ।’
उनले नेपालले बिजुली बेचेर मात्रै पनि आर्थिक समृद्धि गर्न सक्ने बताए । ‘भारतले बिजुली किन्ने सम्झौता गरेको छ । धेरै ठूलो स्रोत हामी कहाँ छ । हामीले ठूलो मात्रामा विद्युत् उत्पादन गरियो त्यसलाई भारतसँग विक्रीमात्रै गरेर पनि हामी थोरै समयमै आर्थिकरुपमा सबल बन्ने आधारहरू बनेको छ,’ उनले भने ।
प्रधानमन्त्री देउवाले गठबन्धनलाई स्थायी लोकतन्त्र, शान्ति र विकासका लागि मतदान गर्न आग्रह गरे । गठबन्धनको सरकार बनेपछि मुलुकको आर्थिक अवस्थामा समेत सुधार हुँदै आएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।