logo

मलाई नै प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन : देउवा

    1823   पटक पढिएको


७ कात्तिक/अर्थ र व्यापार – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन हिजो, आज र भोलिको आवश्यकता भएको बताएका छन् । उनले लहडले गठबन्धन नबनेको भन्दै सबै दलका नेता र कार्यकर्ताहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।

सोमबार काठमाडौमा आयोजित पाँच दलीय गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । उनले मुलुकलाई अब विकासतिर लैजानुपर्ने बताए ।

यसैगरि,उनले त्यसका लागि नै गठबन्धन बनेको बताए । 'यो आवश्यकताले बनेको गठबन्धन हो । लहडले बनेको गठबन्धन होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन होइन,' उनले भने, 'गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ ।'

मुलुकमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशी, समानुपातिक व्यवस्था रहेको संविधान हटाउन नसक्ने गरी गठबन्धन अगाडि बढ्ने देउवाको प्रतिबद्धता थियो ।
राजनीतिक दलहरूबीच मिल्नुपर्ने आवश्यकता र अपरिहार्यता रहेको उनले बताए । गठबन्धनको र एकताको संस्कृति नेपाली राजनीतिमा रहेको उनको भनाइ थियो । नेपालको व्यवस्थाले पनि गठबन्धन गर्नुपर्ने देखिएको उनले भनेका छन् ।

पाँच दलीय गठबन्धनमा रहेका दलहरूभित्र नेताहरूमा समस्या रहेको देउवाको भनाइ थियो । उनले नेताहरूले गठबन्धन भएको अवस्थामा टिकट पाए चुनाव जितिन्छ ठान्दा विवाद भएपनि अब मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । उनले भने, 'गठबन्धन बनेको छ, चुनाव जितिहालिन्छ भन्ने भएर सबैलाई टिकट चाहिएको छ ।'
उनले चुनावका बेला पार्टीहरू संक्रमणकालबाट गुज्रिएको हुने भएकाले एकताबद्ध भएर अघि बढ्न र आफू गठबन्धन टिकाउन लागेको बताए । 'गठबन्धनका साथीहरूले एक भएर लागेर जिताउनुपर्छ । जठबन्धनले जित्नुपर्छ,' उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धनले मुलुकमा आर्थिक विकास गर्छ भन्ने विश्वास दिनुपर्ने बताए । उनले मुलुकमा रहेका स्रोत र साधनहरूको उपयोग गरेर आर्थिक विकासमा जानुपर्ने बताए । उनले पाँच दलीय गठबन्धनका कार्यकर्ताहरूमा पार्टीगत रूपमा पूर्वाग्रह रहेको र त्यसलाई अन्त्य गर्नुपर्ने बताए ।

'हिजो लडाइँको बेलामा आमनेसामने भएर कांग्रेस र माओवादी लडेका हुनाले पनि भोट एकअर्कालाई दिन गाह्रो हुन्छ भन्ने सोच छ,' विगतमा कांग्रेस नेतृत्व र आफूले एउटै कागजमा हस्ताक्षर गरेर १२ बुँदे समझदारी गरेको बताउँदै उनले भोट एकअर्कालाई हाल्न गाह्रो नमान्न आग्रह गरे । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।