logo

विकास आयोजना समयमा सम्पन्न गराउन ढंग पुगेन:कांग्रेसका महामन्त्री गगन थापा

    1320   पटक पढिएको


१४ माघ/अर्थ र व्यापार – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विकास निर्माणको आयोजना समयमै सम्पन्न गर्न ढंग नपुगेको बताएका छन् ।
आइतबार मोरङस्थित कटहरी गाउँपालिकामा बोल्ने क्रममा थापाले विकास आयोजनाको समयावधि बढेपछि लागत बढेको बताए । विकास निर्माणका कार्यहरु फास्ट ट्रयाकबाट टुंग्याउनुपर्ने थापाको भनाई थियो ।
नेपालमा चाइनिज, भारतीय, अमेरिकन आएर बनाएपनि समयमा आयोजना सम्पन्न नहुने अवस्था रहेको बनाए । नेपाली काम गरेका विकास आयोजना भने समयमै सम्पन्न हुने गरेको बताए ।
‘कतारमा इन्जिनियर पनि नेपाली, त्यो बाटो खन्ने लेबर पनि नेपाली, क्रेन चलाउने ड्राइभर पनि नेपाली छ,’ महामन्त्री थापाले भने,‘त्यहाँको बाटो दुई महिनामा बन्छ । हाम्रो कहिं न कहिं केही मिलेको छैन । कहीं हाम्रो ढंग मिलेको छैन ।’

आयोजना सम्पन्न नहुँदा सडकमा यात्रा गर्नेले सास्ती पाएको उनले सुनाए । थापाले भने,‘कुनै पनि मान्छेलाई सजाय दिनु छ भने मुग्लिनबाट बस चढाएर बुटबल पठाइदिए हुन्छ ।’ सार्वजनिक खरिद ऐन संशोधन नहुँदा आयोजना समयमा सम्पन्न गर्न गाह्रो भएको उनले सुनाएइ । ‘कानुन बनाउने ठाउँमा त हामी छौं नि । हामीले बदल्ने हो । कानुन बदल्ने जिम्मा हामीले लिने हो,’ थापाले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।