logo

काठमाडौंमा घण्टी उदाउँदा एमाले एकसिटमा खुम्चियो, माओवादी बडारियो

    948   पटक पढिएको


७ मंसिर/अर्थ र व्यापार – देसको संघिय राजधानी काठमाडौंमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घण्टी चिन्ह उदाउँदा आफ्नो गढ एवं पक्कड क्षेत्र भन्दै आएको नेकपा एमाले यसपाली जम्मा एक सिटमा खुम्चिन पुगेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनबाट नेपाली कांग्रेसले काठमाडौमा एक सिट बढाएको छ ।
यो निर्वाचनबाट नेकपा माओवादी केन्द्र नराम्रोसित बडारिएको छ भने नेकपा एकीकृत समाजवादी लगायतका दलहरु प्रतिस्पर्धामै आएनन् ।
२०७४ सालको निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा एमाले विजयी भएको थियो । बाँकी चार निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यसपटक नतिजा उल्टिएको छ । एमालेले आफ्नो वर्चस्व गुमाएको छ ।
२०७४ मा एमाले क्षेत्र नं २, ३, ५, ७, ८ र ९ मा विजयी भएको थियो । २ मा माधव कुमार नेपाल, ३ मा कृष्णबहादुर राई, ५ मा ईश्वर पोखरेल, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठले जितेका थिए ।
यीमध्ये नेपाल र जीवनराम श्रेष्ठ एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा थिए । यीमध्ये निर्वाचन क्षेत्र नम्बर ९ मात्रै एमालेले जोगाउन सकेको छ । क्षेत्र नम्बर ९ बाट पुनः कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । बाँकी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
यसपटक काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले ३ क्षेत्र जितिसकेको छ भने एउटा क्षेत्रमा जितको नजिक छ ।
रास्वपाका उम्मेदवारहरु निर्वाचन क्षेत्र नं. २ बाट सोविता गौतम, क्षेत्र नं. ७ बाट गणेश पराजुली र क्षेत्र नं. ८ बाट विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै शिशिर खनाल जित नजिक छन् ।
नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नं. १ मा प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे, ४ बाट गगनकुमार थापा, ५ बाट प्रदीप पौडेल र १० बाट राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् ।
कांग्रेसले ०७४ मा जितेको निर्वाचन क्षेत्र नं. ६ भने यसपटक गुमाएको छ । ०७४ मा क्षेत्र नं. ६ बाट विजयी भीमसेनदास प्रधान यसपटक पनि सोही क्षेत्रबाट उठेका थिए । तर, रास्वपाका उम्मेदवार शिशिर खनालभन्दा पछि रहे ।
निर्वाचन क्षेत्र नं. १ बाट ०७४ कै प्रतिस्पर्धी मुख्य प्रतिस्पर्धामा देखिएका थिए । तर, ०७४ भन्दा झिनो मतान्तरमा कांग्रेसका प्रकाशमान विजयी भए । ०७४ मा ८१८ मतान्तरले रविन्द्र मिश्रलाई हराएका प्रकाशमान यसपटक १२५ मतान्तरले विजयी भएका छन् । प्रकाशमानले ७ हजार १४३ मत ल्याउँदा मिश्रले ७ हजार १८ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२, नेपाल सुशासन पार्टीका रमेश प्रसाद खरेलले ३ हजार १२४ मत पाए । काठमाडौं क्षेत्र नं. २ बाट सोविता गौतमलाई एमालेका उम्मेदवार मणिराम फुयालले पछ्याएका थिए ।
गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा फुयालले ११ हजार ५५५ मत पाए । यस क्षेत्रबाट राप्रपाकी उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत प्राप्त गर्दा सत्ता गठबन्धनकी साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्ती चौथो स्थानमा रहिन् । ओनसरीले ९ हजार ४४९ मत मात्र पाइन् ।
क्षेत्र नं. ३ मा कांग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मत ल्याएर विजयी भए । उनीसँग प्रतिस्पर्धामा एमालेका कृष्ण कुमार राई थिए । उनले ११ हजार १९६ मत पाए । तेस्रो भएका माओवादी केन्द्रका बद्रि प्रसाद बजगाईंले ५१८ मत पाए । यहाँ सत्ता गठबन्धनका दुई घटक कांग्रेस र माओवादी केन्द्र ‘मित्रवत’ प्रतिस्पर्धामा थिए ।
क्षेत्र नं. ४ बाट यसपटक पनि जित निकाल्दै कांग्रेस महामन्त्री गगन थापाले ह्याट्रिक गरे । गगनले पुरानै प्रतिस्पर्धी एमालेका राजन भट्टराईलाई ७ हजार बढी मतान्तरले पराजित गरे । थापा २१ हजार ३०२ मत लएर विजयी हुँदा भट्टराईले १३ हजार ८५५ मत पाए । तेस्रो भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका डा.ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाए ।
क्षेत्र नं. ५ को चुनावी परिणाम अझ रोचक छ । काठमाडौं ५ बाट एमाले वरिष्ठ उपाध्यक्षसमेत रहेका ईश्वर पोखरेल पराजित भए । यो क्षेत्रबाट एमालेले सहज जित निकाल्ने आँकलन गरेको थियो । तर कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेल १५ हजार २३७ मतसहित विजयी भए । एमालेका पोखरेल जम्मा १० हजार १७५ मतमा समेटिए । तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणाले ३ हजार १५५ मत पाएका छन् ।
क्षेत्र नं. ७ को चुनावी परिणाम पनि रोचक छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले पुराना र स्थापित दलहरु मात्रै पछि पारेनन्, गठबन्धन बनाएर चुनाव लडेका दलका उम्मेदवारलाई समेत प्रतिस्पर्धामै आउन दिएनन् । ८ हजार ७४३ मत ल्याएर पराजुलीले जित निकाल्दा एमालेका श्याम कुमार घिमिरेले ६ हजार ८ सय मत पाए ।
पाँच दलीय सत्ता गठबन्धनकी उम्मेदवार मानुषीयमी भट्टराई (अस्मिता सिंह)ले ६ हजार ६३ मत ल्याइन् । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेन्द्र प्रसाद श्रेष्ठले जम्मा २ हजार ४६१ मत पाए । यसअघि एमालेबाट जितेका तर, यसपटक पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेका रामवीर मानन्धर प्रतिस्पर्धामै आउन सकेनन् ।
क्षेत्र नं. ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठसँग प्रतिस्पर्धामा स्थापित दलहरु आउनै सकेनन् । १० हजार १०५ मत ल्याएर विराजभक्त विजयी हुँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत ल्याएर दोस्रो भए ।
पर्यटनमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ तेस्रो भए । उनले जम्मा ४ हजार २६६ मत पाएका छन् । यस क्षेत्रमा एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्य प्रतिस्पर्धामै देखिन सकेनन् ।
काठमाडौं क्षेत्र नं. ९ र १० मा भने पुरानै अनुहार दोहोरिएका छन् । ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याएर विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत पाए । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत पाउँदा साझा पार्टी नेपालका मिलन पाण्डेले एक हजार ८५० मत पाए ।
क्षेत्र नं. १० बाट अविचलित रुपमा कांग्रेसका राजेन्द्र कुमार केसी निर्वाचित भए । यस क्षेत्रमा सत्ता गठबन्धन पनि भत्किएको थियो । माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाएको थियो । तर, केसीले एक्लै जित निकालेका छन् ।

१४ हजार ४५८ मत ल्याएर केसी निर्वाचित हुँदा एमालेका हिमेस केसी ११ हजार ७८६ मतमा समेटिए । तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ८ हजार ७२६ र राप्रपाका बलराम थापाले ६ हजार ०५६ मत पाए । कांग्रेससँग गठबन्धन तोडेर उम्मेदवारी दिएकी माओवादी केन्द्रकी अन्जना विशंखे ५ हजार २६२ मतमा समेटिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।