logo

यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा

कार्यकर्ता सिध्याएर राजनीति कसरी जोगिन्छ भन्दै पार्टीभित्र व्यापक असन्तोष

    409   पटक पढिएको

२० असोज/अर्थ र व्यापार – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको आधारभूमि पर्सा जिल्लामै सो पार्टीभित्र व्यापक असन्तोष बढेको छ ।
मधेसको सेन्टिमेन्टलाई भजाएर सधैंजसो सत्ताको वरिपरि रहन सफल यादव व्यवहारमा भने पार्टी भित्र यादववाद र धनवादलाई प्रश्रय दिइरहेको आरोप असन्तुष्ट कार्यकर्ताले लगाउँदै आएका छन । उनीहरुले यही असन्तोषका कारण नेता डा. बाबुराम भट्टराईहरुले उनको साथ छोडेको बुझाई अधिकांश कार्यकर्तामा रहेको बताएका छन ।
आगामी ४ मंसिर हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसलाई अवसर दिने भन्नेमा पनि उनले जातीयतालाई प्राथमिकता राखेर पार्टीभित्र इमानदारीपूर्वक काम गरेका कार्यकर्तालाई पाखा लगाउन उद्यत देखिएको गुनासो कार्यकर्ताले गरेका छन् ।
पर्सा मधेस आन्दोलनमात्र नभएर उपेन्द्रको पार्टीको विरासतको पनि केन्द्र हो । तर, यहीँको वीरगञ्ज महानगरमा जसपाले गत गत स्थानीय चुनावमा गठबन्धन (त्यसमा पनि नेपाली कांग्रेस) को साथ पाएर मेयर जितेको थियो । यतिसम्म कि, जसपा अध्यक्ष यादवलाई अहिले मधेसबाट आफ्नो पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिलाउन सकस हुने देखिएको छ ।
उनी मधेसमा बढी सिटमा आफ्ना उम्मेदवार उठाएर ३ प्रतिशत मतको थ्रेस होल्ड हात पार्ने उद्देश्यमा भए पनि एक्लै लड्दा प्रत्यक्षतर्फ पत्तासाफ हुने डरले गठबन्धनमा लत्रिनुपर्ने दबाबमा छन् ।
असन्तुष्ट भएका कार्याकर्ताका अनुसार सत्ता गठबन्धनमा भने जति सिट नपाए एक्लै चुनाव लड्ने घुर्की लगाइरहेका यादवले पार्टीमा आन्तरिक असन्तोषको समाधानमा भने खासै चासो राखेका छैनन् । यादवको सत्ता र शक्ति मोहका कारण जसपा अहिले इतिहासकै कमजोर मोडमा पुगेको विश्लेषण गर्न थालिएको छ ।
उनी निकट नेता कार्यकर्ताका अनुसार यादवले पार्टीलाई रेल र आफूलाई त्यसको चालक भन्ने गरेका छन् । पार्टीबाट क्षमतावान नेता कार्यकर्ताको पलायनलाई उनले स्टेशनमा उत्रिने यात्रुको संज्ञा दिने गरेका छन् । यादवले पार्टीलाई जसरी पनि सत्ता र शक्ति आर्जनको माध्यममात्र बनाएकाले एक समय उनीसँग निकट सम्बन्ध राख्ने नेताहरुले उनको साथ छोड्दै गएको घटनाक्रम नौलो नभएको कार्यकर्ताको बुझाइ छ ।
वीरगञ्जका तत्कालीन नगरप्रमुख विजयकुमार सरावगी जसपा यादव र एस म्यानहरुको पार्टी भएको र इमानदार तथा क्षमता भएका नेता कार्यकर्ता त्यो पार्टीमा रहन नसक्ने भन्दै एमाले प्रवेश गरेका थिए । उनी एमालेबाट चुनाव लडेर बरु हार्न तयार रहेको, तर ‘जिल्लादेखि केन्द्रसम्मका यादवहरुको मनोमानी’का अगाडि लाचार हुन नसक्ने भन्दै पार्टी परिवर्तन गरेका थिए ।
अहिले पनि आसन्न चुनावको मुखमा जिल्लाका प्रभावशाली नेता र कार्यकर्ताहरु पार्टी छोड्ने मनस्थितिमा रहेको र उनीहरुले सिट बाँडफाँटलाई मात्र पर्खिएर बसेको जिल्लाका जसपा नेताहरुले बताएका छन् ।
उपेन्द्र यादवले जसपालाई ‘यादव इन्टरप्राइजेज’ बनाएको आरोप कार्यकर्ताहरुको छ । हाल कार्यकर्ताबीच उपेन्द्रको यो प्रवृत्तिको पुष्टि उनीसँग अहिले वन तथा वातावरण मन्त्रीसमेत रहेका प्रदीप यादवको सम्बन्धले थप प्रष्ट पारेको विश्लेषण हुन थालेको छ ।
पटकपटक पार्टीको कारवाहीमा परेका मन्त्री यादवकै इशारामा उपेन्द्रले यस पटक पर्सा जिल्लाको सिट बाँडफाँटमा अडान लिएको बताइन्छ । २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरमले पर्साको १ र ३ नम्बर क्षेत्रमा जितेकोमा जिल्लामा प्रदीपको राजनीतिक वर्चश्व कायम रहने गरी १ र २ नम्बरका लागि यादवले गठबन्धनमा अडान कसेको जसपाका एक केन्द्रीय नेताले जानकारि दिए ।
प्रदीप यादव विगतमा आफूलाई मन्त्री नबनाएको झोकमा अध्यक्ष यादवको पुत्ला जलाउनेदेखि पार्टी कार्यालय तोडफोडजस्ता अमर्यादित काम गराएको भन्दै पार्टीको केन्द्रीय सदस्यबाट हटाइएका थिए । अध्यक्ष यादवकै जोडबलमा उनलाई त्यतिबेला कारवाही गरिएको थियो ।
त्यसअघि उनलाई स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो ।
आफ्नै अडानमा पटकपटक कारवाही गरेका यादवलाई अध्यक्ष यादवले पछिल्लो पटक मन्त्री बनाएपछि पार्टीभित्र यी दुई यादवको सम्बन्ध देखाउने र खाने दाँचबीचको अन्तरजस्तै भएको भनी चर्चा हुने गरेको छ ।
वन मन्त्रीका रुपमा यादवका कामकारवाही पनि विवादमा पर्दै आएका छन् । अघिल्लो चुनावमा जित हात पारेको पर्सा ३ मा त्यसबेला चुनाव हारेका र अहिले एमालेबाट आकांक्षी रहेका नेताको पक्षपोषण हुने गरी २ नम्बर क्षेत्रमा अध्यक्ष यादवले अडान राख्नुलाई पर्साका जसपा कार्यकर्ताले निकै अर्थपूर्ण रुपमा लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।