logo

चुनावमा सरकारको २० अर्ब खर्च

    1088   पटक पढिएको

 

मंसिर २४ / अर्थ र व्यापार - प्रतिनिधिसभा र प्रदेशसभाका दुई चरणका निर्वाचनमा सरकारले मात्रै २० अर्ब रुपैयाँ खर्च गरेको छ । स्थानीय तहको तीन चरणको निर्वाचनमा २० अर्ब रुपैयाँ खर्च गरेको सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा २० अर्ब खर्च गरेको हो । यसअघि ०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा ११ अर्ब रुपैयाँ खर्च भएको थियो ।
निर्वाचनको समयमा दलहरुको खर्च गर्ने होडबाजी चलिरहँदा सरकारको खर्च पनि अत्याधिक देखिएको छ । अर्थ मन्त्रालयका अनुसार ०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा ७ अर्ब ५० करोड रुपैयाँ र ०५६ को संसदीय चुनावमा २ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको थियो । यही मंसिर १० र २१ मा सम्पन्न निर्वाचनमा १९ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ निकासा भएको छ । जसमध्ये निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ निकासा दिइएको अर्थका बजेट महाशाखाका उपसचिव ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार निर्वाचन आयोगपछि सबैभन्दा धेरै बजेट म्यादी प्रहरीलाई ५ अर्ब निकासा भएको छ । निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरीका लागि २ अर्ब ६९ करोड २४ लाख रुपैयाँ र ससस्त्र प्रहरीका लागि १ अर्ब १६ करोड ३७ लाख रुपैयाँ निकासा भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाली सेनाका लागि ८४ करोड ७५ लाख र राष्ट्रिय अनुसन्धान विभागका लागि ४० करोड रुपैयाँ निकासा भएको उपसचिव अर्यालले जानकारी दिए । निर्वाचन सम्पन्न भइसकेपछि पनि मतगणना जारी रहेकाले कहाँ कति खर्च भयो भन्नेबारे कुनै विवरण आएको छैन । 
यता प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले खर्चको होडबाजी गरिरहँदा निर्वाचन आयोग स्वयंको खर्च पनि अत्यधिक देखिएको छ । संविधानसभाको दोस्रो निर्वाचन सवा चार अर्ब रुपैयाँमा सम्पन्न गरेको निर्वाचन आयोगले चार वर्षपछि भएको निर्वाचनमा दोब्बर अर्थात् १० अर्ब खर्च गरेको छ । यद्यपि उम्मेदवारले सिलिङभन्दा कयौं गुणा बढी खर्च गरेका कारण कार्यकर्ता परिचालन र प्रचार प्रसारमा एक खर्बभन्दा बढी खर्च हुने बताइए पनि त्यसको कुनै लेखाजोखा भने भएको छैन । दुई महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आयोगले तोकेको सिलिङभन्दा ५ गुणा बढी अर्थात् ५१ अर्ब रुपैयाँ खर्च गरेका थिए । निर्वाचन आयो1गले प्रत्यक्षतर्फ प्रतिनिधिसभाका उम्मेदवारले २५ लाख र प्रदेशसभाका उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउने सिलिङ तोकेको थियो । 
महालेखा परीक्षक टंकमणि शर्माले निर्वाचनको अनुगमन गर्ने जिम्मा निर्वाचन आयोगलाई भएको भए पनि महालेखा परीक्षकको कार्यालयले निर्वाचनको खर्चको लेखा परीक्षण गर्ने बताए । “सिलिङ नाघेर दलहरुले गर्ने खर्चबारे निर्वाचन आफैंले अनुगमन गर्नेछ,” उनले भने, “निर्वाचन आयोगको लेखापरीक्षण भने यसै आवको अन्त्यमा महालेखाले गर्नेछ ।” उनले निर्वाचन आयोगको खर्च अत्याधिक भएको गुनासो आइरहेको पनि जानकारी दिए । निर्वाचन आयोगले ६७ प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन, २ लाख ३० हजार कर्मचारी परिचालन, मतदाता शिक्षा, कार्यालय सञ्चालन, गोष्ठी र प्रशिक्षणलगायत शीर्षकमा १० अर्ब रुपैयाँ बजेट स्वाभाविक भएको बताएको छ । आयोगले प्रस्तावित बजेटमध्ये एक तिहाइ अर्थात् साढे ३ अर्ब रुपैयाँ सेमीनार, गोष्ठी र प्रशिक्षणमा खर्च गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार आयोगले मतदाता शिक्षामा मात्र १ अर्ब रुपैयाँ खर्च भएको अनुमान छ । चार वर्ष पहिलेको निर्वाचनमा मतदाता शिक्षामा २० करोड रुपैयाँ खर्च भएको थियो । 
आयोगका प्रवक्ता ढकालले ६७ प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन गर्नुपरेका कारण तथा २ लाख ३० हजार कर्मचारीको दैनिक भ्रमण भत्ताका कारण खर्चको आकार ठूलो देखिएको बताए । आयोगका अनुसार निर्वाचनमा खटिएका कर्मचारीलाई तह अनुसार दैनिक १ हजार २ सयदेखि २ हजार रुपैयाँका दरले भ्रमण तथा यातायात खर्च उपलब्ध गराइएको छ । प्रत्येक निर्वाचन केन्द्रमा एक साताका लागि औसतमा सात कर्मचारी परिचालन गरेको आयोगले निर्वाचन कार्यक्रममा मात्र २ अर्ब रुपैयाँ खर्च गरेको बताएको छ । आयोगका अनुसार निर्वाचन कार्यक्रमका लागि प्रशिक्षक र सहभागीलाई दिने भत्ता, त्यसका लागि चाहिने सामान तथा अनुगमन खर्च पनि निर्वाचन कार्यक्रमभित्रै पर्ने भएकाले खर्चको आकार ठूलो देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।