logo

गोरखा–१ मा यसकारण हारे चीनकाजी

    1683   पटक पढिएको

 

 


२६ मंसिर / अर्थ र व्यापार - गोरखा । तत्कालीन गोरखा–३ बाट ०४८ र ०५१ सालको संसदीय चुनाव जितेका कांग्रेस नेता चीनकाजी श्रेष्ठले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा भने हार बेहोर्नुर्पयो । कांग्रेसको निवर्तमानमा प्रमुख सचेतक उनी गोरखा–१ मा माओवादी केन्द्रका हरिराज अधिकारीसँग तीन हजार दुई सय १७ मतान्तरले पराजित भए । ०३६ सालदेखि निरन्तर राजनीतिमा रहेका गोरखा आरुघाटका श्रेष्ठको यो पहिलो हार भने होइन । यसअघि ०६४ सालको पहिलो संविधानसभामा पनि उनले हार बेहोर्नुपरेको थियो ।

संघात्मक गणतन्त्र नेपालको पहिलो संसदीय निर्वाचनमा उनले विजय हासिल गर्ने धेरैको आकलन थियो । उनका प्रतिद्वन्द्वी अधिकारी मतदातामाझ परिचित अनुहार थिएनन् । सोही कारण श्रेष्ठको जितको आकलन स्वाभाविक मानिएको थियो । चीनकाजी ०७० सालको दोस्रो संविधानसभामा श्रेष्ठ समानुपातिक कोटामा सांसद बनेका थिए । सोही हैसियतमा अर्थ राज्यमन्त्री पनि बने र, पार्टीको प्रमुख सचेतकको जिम्मेवारीसमेत पाए ।

मुलुकभर स्थानीय तहको परिणामकै आधारमा वाम गठबन्धनले फराकिलो अन्तरसाथ विजय हासिल र्गयो । श्रेष्ठले कांग्रेसको त्यस्तै जनमत जोगाउन सकेनन् । स्थानीय तहमा गोरखा–१ अन्तर्गत्का गोरखा नगरपालिका र अधिकांश गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको थियो । त्यो जनमत श्रेष्ठको पोल्टामा पर्न सकेन । उक्त क्षेत्रका ६ गाउँपालिकामध्ये पाँच वटामा कांग्रेस विजयी भएको थियो ।

तथापि, गाउँपालिका प्रमुख र उपप्रमुखबाहेक वडाहरुमा वाम गठबन्धनकै बाहुल्यता थियो । सोही कारण हार बेहोर्नुपरेको कांग्रेस कार्यकर्ताहरुको तर्क छ । श्रेष्ठको हारका पछाडि पनि वाम गठबन्धनलाई प्रमुख कारक मान्छन्, उनीहरु । गोरखा–२ मा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई जिताउन कांग्रेसले आफ्नो पूरै शक्ति लगायो । गोरखा–१ मा भने नयाँशक्तिको सबै मत कांग्रेसको पोल्टामा आएको देखिएन । पार्टीबाटै पूर्ण सहयोग नभएका कारण पनि श्रेष्ठलाई पराजय हात लागेको बताउनेहरु पनि छन् । श्रेष्ठप्रति कांग्रेसकै कार्यकर्ता रुष्ट रहेकाले त्यस्तो अवस्था आएको उनीहरुको भनाइ छ ।

कार्यकर्ता रिझाउन उनी चुकेको विश्लेषण पनि भइरहेको छ । सम्पर्कमै नआउने, चुनावी अभियानकै क्रममा कार्यकर्ताको समेत फोन नउठाउने, घुलमिल नहुने, ‘टिम वर्क’को साटो एकल निर्णय लिने शैलीका कारण श्रेष्ठको हातमा पराजय परेको बताउनेहरु पनि छन् । चुनावी अभियानमा प्रदेशसभातर्फका उम्मेदवारहरुसँग पनि समन्वय नगरेको आरोप उनीमाथि लागेको छ । यसअघिदेखि नै श्रेष्ठले जिल्लामा लोकप्रिय छवि निर्माण गर्न सकेका छैनन् । सोही कारण सांगठनिक सहयोग उनले प्राप्त गर्न नसकेको बताउनेहरु कांग्रेस कार्यकर्ताहरु नै छन् ।

२०७० सालको निर्वाचनबाट दोस्रो र तेस्रो बनेका दलहरु एक ठाउँमा आउँदा झिनो अन्तरको पहिलो दल संकटमा पर्नु स्वाभाविकै थियो । र, उक्त क्षेत्रमा प्रदेशरप्रतिनिधिसभा निर्वाचनअघि थपिएका मतदाताको लाभ वाम गठबन्धनले उठाएको देखियो । काम तथा अध्ययनको सिलसिलामा जिल्लाबाहिर रहेका कांग्रेसका मतदाता श्रेष्ठलाई भोट हाल्न गाउँ फर्किएको कमै देखियो । त्यसले पनि उनलाई असर पर्न गयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।