logo

गोरखा–१ मा यसकारण हारे चीनकाजी

    1427   पटक पढिएको

 

 


२६ मंसिर / अर्थ र व्यापार - गोरखा । तत्कालीन गोरखा–३ बाट ०४८ र ०५१ सालको संसदीय चुनाव जितेका कांग्रेस नेता चीनकाजी श्रेष्ठले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा भने हार बेहोर्नुर्पयो । कांग्रेसको निवर्तमानमा प्रमुख सचेतक उनी गोरखा–१ मा माओवादी केन्द्रका हरिराज अधिकारीसँग तीन हजार दुई सय १७ मतान्तरले पराजित भए । ०३६ सालदेखि निरन्तर राजनीतिमा रहेका गोरखा आरुघाटका श्रेष्ठको यो पहिलो हार भने होइन । यसअघि ०६४ सालको पहिलो संविधानसभामा पनि उनले हार बेहोर्नुपरेको थियो ।

संघात्मक गणतन्त्र नेपालको पहिलो संसदीय निर्वाचनमा उनले विजय हासिल गर्ने धेरैको आकलन थियो । उनका प्रतिद्वन्द्वी अधिकारी मतदातामाझ परिचित अनुहार थिएनन् । सोही कारण श्रेष्ठको जितको आकलन स्वाभाविक मानिएको थियो । चीनकाजी ०७० सालको दोस्रो संविधानसभामा श्रेष्ठ समानुपातिक कोटामा सांसद बनेका थिए । सोही हैसियतमा अर्थ राज्यमन्त्री पनि बने र, पार्टीको प्रमुख सचेतकको जिम्मेवारीसमेत पाए ।

मुलुकभर स्थानीय तहको परिणामकै आधारमा वाम गठबन्धनले फराकिलो अन्तरसाथ विजय हासिल र्गयो । श्रेष्ठले कांग्रेसको त्यस्तै जनमत जोगाउन सकेनन् । स्थानीय तहमा गोरखा–१ अन्तर्गत्का गोरखा नगरपालिका र अधिकांश गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको थियो । त्यो जनमत श्रेष्ठको पोल्टामा पर्न सकेन । उक्त क्षेत्रका ६ गाउँपालिकामध्ये पाँच वटामा कांग्रेस विजयी भएको थियो ।

तथापि, गाउँपालिका प्रमुख र उपप्रमुखबाहेक वडाहरुमा वाम गठबन्धनकै बाहुल्यता थियो । सोही कारण हार बेहोर्नुपरेको कांग्रेस कार्यकर्ताहरुको तर्क छ । श्रेष्ठको हारका पछाडि पनि वाम गठबन्धनलाई प्रमुख कारक मान्छन्, उनीहरु । गोरखा–२ मा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई जिताउन कांग्रेसले आफ्नो पूरै शक्ति लगायो । गोरखा–१ मा भने नयाँशक्तिको सबै मत कांग्रेसको पोल्टामा आएको देखिएन । पार्टीबाटै पूर्ण सहयोग नभएका कारण पनि श्रेष्ठलाई पराजय हात लागेको बताउनेहरु पनि छन् । श्रेष्ठप्रति कांग्रेसकै कार्यकर्ता रुष्ट रहेकाले त्यस्तो अवस्था आएको उनीहरुको भनाइ छ ।

कार्यकर्ता रिझाउन उनी चुकेको विश्लेषण पनि भइरहेको छ । सम्पर्कमै नआउने, चुनावी अभियानकै क्रममा कार्यकर्ताको समेत फोन नउठाउने, घुलमिल नहुने, ‘टिम वर्क’को साटो एकल निर्णय लिने शैलीका कारण श्रेष्ठको हातमा पराजय परेको बताउनेहरु पनि छन् । चुनावी अभियानमा प्रदेशसभातर्फका उम्मेदवारहरुसँग पनि समन्वय नगरेको आरोप उनीमाथि लागेको छ । यसअघिदेखि नै श्रेष्ठले जिल्लामा लोकप्रिय छवि निर्माण गर्न सकेका छैनन् । सोही कारण सांगठनिक सहयोग उनले प्राप्त गर्न नसकेको बताउनेहरु कांग्रेस कार्यकर्ताहरु नै छन् ।

२०७० सालको निर्वाचनबाट दोस्रो र तेस्रो बनेका दलहरु एक ठाउँमा आउँदा झिनो अन्तरको पहिलो दल संकटमा पर्नु स्वाभाविकै थियो । र, उक्त क्षेत्रमा प्रदेशरप्रतिनिधिसभा निर्वाचनअघि थपिएका मतदाताको लाभ वाम गठबन्धनले उठाएको देखियो । काम तथा अध्ययनको सिलसिलामा जिल्लाबाहिर रहेका कांग्रेसका मतदाता श्रेष्ठलाई भोट हाल्न गाउँ फर्किएको कमै देखियो । त्यसले पनि उनलाई असर पर्न गयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।