logo

नुवाकोटमा काँग्रेसको खानदानी राजनीति समाप्त

    1685   पटक पढिएको


२४ मङ्सिर / अर्थ र व्यापार - काठमाडौँ – नुवाकोटमा आफ्नो पकड क्षेत्र बनाएर बसेको नेपाली काँग्रेसले यसपाली भने आफ्नो विरासत जोगाउन सकेन । पछिल्लो समय नेकपा माओवादी केन्द्र र एमालेले तालमेल गरेपछि काँग्रेसले आफ्नो बिउ समेत जोगाउन नसकेको हो । २०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका रामशरण महतले नेकपा माओवादीका हितबहादुर तामाङलाई हराउँदै काँग्रेसको साख बचाएका थिए । यसपाली भने उनलाई जनताले पत्याएनन् । ०६४ मा क्षेत्र नम्बर १ मा काँग्रेसका अर्जुन नरसिंह केसीलाई हराउँदै माओवादीकी विमला सुवेदीले जित हासिल गरेकी थिइन् भने दुईमा माओवादी कै पोष्टबहादुर बोगटी विजयी भएका थिए । त्यसैगरी २०७० सालमा भएको दोश्रो संविधानसभाको चुनावमा भने तीनै क्षेत्रमा जित हासिल गर्दै काँग्रेसले नुवाकोटमा आफ्नो प्रभुत्व जमाएको थियो । ०७० मा क्षेत्र नम्बर १मा केसी, २ मा महत र ३ मा बहादुर लामाले नुवाकोटलाई काँग्रेस किल्लाको रुपमा स्थापित गरेका थिए । 

यसपालीको निर्वाचनमा भने काँग्रेसका हेभीवेट नेताद्वय महत र केसीले आफ्नो पराजयलाई मुटुमाथि ढुंगाराखी भएपनि स्वीकार गर्नुपरेको छ । विगत लामो समयदेखि आफ्नो प्रभुत्व जमाउँदै आएका महतलाई उनैले दुई पटक पराजित गरेको माओवादी केन्द्रका हितबहादुर तामाङले ८,५५३ मतान्तरले हराउँदै उनको विरासत ढालिदिए । तामाङले ३६४७३ मत ल्याउँदा महतले २७९२० मै चित्त बुझाउनु र्पयो। त्यस्तै प्रदेशसभामा  पनि उनका खानदानका कोही पनि विजयी हुन सकेनन् । 

केसी परिवारले पनि यसपाली भने आफ्नो विरासत जोगाउन सकेन । केसीले यसपाली भने एमालेका नारायण खतिवडासँग १०,५५७ मतान्तरसहितको हार व्यहोरे। खतिवडाले ३६८९२ मत प्राप्त गर्दा केसीले २६३३५ मतमै चित्त बुझाउनु र्पयो। त्यस्तै प्रदेशमा उनका भाई जगदिश नरसिंह केसीले पनि गह्रौ मुटु बनाउँदै हार स्वीकार्नु र्पयो । यो सँगै नुवाकोटका सम्पूर्ण क्षेत्रमा वाम गठबन्धनले आफ्नो प्रभुत्व जमाएको छ भने केसी र महत परिवार केन्द्रित नुवाकोट काँग्रेसको खानदानी राजनीति समाप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।