२६ मंसिर / अर्थ र व्यापार - चितवन । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षको मतगणना सकिएको चितवनको समानुपातिकतर्फको मतगणना अहिले बिहान १० बजेबाट सुरु हुने भएको छ । यहाँको प्रत्यक्षतर्फको मतगणना सोमबार मात्रै सकिएको थियो । समानुपातिकतर्फको मतगणना अहिले बिहान १० बजे भरतपुरस्थित चितवन उच्च माविमा हुने जानकारी चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु हुने समयभित्र उम्मेदवार तथा दलका प्रतिनिधिहरुलाई उपस्थित हुन भनेको छ । मुख्य निर्वाचन अधिकृत शर्माले उम्मेदवार तथा प्रतिनिधि तोकिएकै समयमा उपस्थित नभए पनि गणना अघि बढने जानकारी दिए ।
तपाईको प्रतिक्रिया