२४ मंसिर / अर्थ र व्यापार - 3नेपाली काँग्रेसका उम्मेदवार देउवाले २८ हजार ०४४ मत ल्याई विजयी भएका छन । उनका प्रतिद्धन्द्धी खगराज भट्टले २१ हजार ११५ मत प्राप्त गरे ।
यसैगरी प्रदेशसभा ‘क’ बाट वाम गठबन्धनका पठान सिंह बोहरा विजयी भएका छन् । नेकपा एमालेका तर्फबाट प्रदेश क का उम्मेदवार बोहराले १३ हजार ५६३ मत प्राप्त गरी विजयी भए । कांग्रेस उम्मेदवार रघुवर भट्टले ११ हजार ३९४ मत प्राप्त गरेका छन् । यसैगरी प्रदेश सभा ‘ख’ मा भने काँग्रेसका उम्मेदवार कर्णबहादुर मल्ल १३ हजार ४१३ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार डा.तारा जोशीले १३ हजार ०५८ मत प्राप्त गरी पराजित भएका छन् । मल्लले ३५५ मतले आफ्ना निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार जोशीलाई पराजित गरेका छन् ।
तपाईको प्रतिक्रिया