logo

डा. केसीलाई सर्वोच्चमा उपस्थित गराइयो

काठमाडौं । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो ।

08-01-18

दुई ग्यास उद्योग कारबाहीमा

काठमाडौं। गुणस्तर मापदण्ड पूरा नगर्ने दुई ग्यास प्लान्ट (उद्योग)लाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ । अनुगमनमा गएको विभागको टोलीले शुक्रबार काभ्रेका दुई उद्योगलाई कारबाहीस्वरुप उत्पादन बन्द गरेको हो ।

06-01-18

गाउँपालिका बन्द उल्लंघन गरेको भन्दै तोडफोड

गोरखा। गोरखाको भिमसेन गाउँपालिकाको केन्द्र स्थानान्तरणको बिरोधमा उत्रिएका बगुवाका स्थानीयले बन्द उल्लंघन गरेको भन्दै सवारी साधन तोडफोड गरेका छन् ।

05-01-18

सरकारविरुद्ध वाम विद्यार्थीको आन्दोलन जारी

काठमाडौं । सरकारविरुद्ध आन्दोलन गर्दै आएको वाम विद्यार्थीले आज सडक बहस कार्यक्रम गर्दैछन् । दिउँसो दुई बजे नयाँबानेश्वरमा युवा नेता तथा वकिलहरुको सहभागीतामा सडक बहस गर्न लागिएको हो ।

05-01-18

मापदण्ड पूरा नगर्ने ग्यास उद्योग कारबाहीमा

काठमाडौं – गुणस्तर मापदण्ड पूरा नगर्ने ५३ वटा ग्यास प्लान्ट (उद्योग) माथि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छ ।

04-01-18

प्रधानाध्यापकद्वारा दुई करोड भ्रष्टाचार

हान – लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाइएको छ ।

04-01-18

चार जना मुख्य न्यायाधीश नियुक्त

काठमाडौ– न्यायपरिषदको बिहीवार बसेको बैठकले चार जना मुख्य न्यायाधीश नियुक्त गरेको छ । नहकुल सुवेदीलाई तुलसीपुर उच्च अदालत, उदयप्रसाद चापागाँईलाई जनकपुर उच्च अदालत, यज्ञप्रसाद बस्याललाई दिपायल उच्च अदालत र हरिकुमार पोखरेललाई सुर्खेत उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरेको छ ।

04-01-18

कोटेश्वरबाट दुई पेस्तोलसहित एक पक्राउ

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोल सहित सुवास कार्की पक्राउ परेका छन् । बिहीबार कोटेश्वरस्थित न्यु सुनकोसी गेष्ट हाउसबाट उनी पक्राउ परेका हुन् ।

04-01-18

बुटवललाई प्रदेश नम्बर ५ को राजधानी माग गर्दै चक्काजाम

बुटवल । बुटवललाई प्रदेश नम्बर ५ को राजधानी तोकिनुपर्ने भन्दै चक्काजाम गरिएको छ । नेपाली कांग्रेसले आज बिहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम गरेको हो ।

03-01-18

देउवाले बोलाए पाँच पार्टीको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच पार्टीको बैठक बोलाएका छन् ।  देउवाले  बिहीबार विहान ९ बजेका लागि बैठक कोलाएका हुन् । प्रदेश प्रमुखको नियुक्ति र अस्थायी मुकाम तोक्नु अघि राजनीतिक सहमति खोज्न प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

03-01-18

दीपायललाई प्रदेश राजधानी तोक्न माग गर्दै डोटीमा आन्दोलन

डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग्दै ‘हड्ताल’ शुरु भएको छ । मंगलबारसम्म शान्तिपूर्ण रुपमा भैरहेको ‘दबाबमूलक’ आन्दोलन बुधबार बिहानैबाट हड्तालमा परिणत गरिएको छ ।

02-01-18

काभ्रेमा प्रहरी र स्थानीयबीच झडप, ६ सेल अश्रुग्यास प्रहार

धुलिखेल । आइतबार देखी स्थानिय बासीले बन्द गरेको सडक खुलाउन प्रहरीलाई ६ सेल अश्रुग्यास प्रयोग गरेको छ । वीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा स्थानीयबासीले अवरुद्ध गरेपछि बन्द गर्ने भिडलाई नियन्त्रमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपरेको प्रहरीको दावी छ ।

02-01-18

मन्त्रालयद्वारा बैतडी अस्पतालको अनुगमन

बैतडी । स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाको टोलीले जिल्ला अस्पताल बैतडीको अनुगमन गरेको छ । अस्पातलले प्रदान गर्ने न्यूनतम सेवा कसरी प्रदान भइरहेका छन् भन्ने विषयमा टोलीले सोमबार अनुगमन गरेको हो ।

01-01-18

माओवादी केन्द्रको बैठक आज

मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले) सँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको छ । 

01-01-18

सौर्य विद्युत् उत्पादक संघमा गौतम निर्वा्चित

काठमाडौं । नेपाल सौर्य विद्युत् उत्पादक संघको १७ औँ साधारणसभाले किरण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

01-01-18

आज  राष्ट्रिय टोपी तथा पोसाक दिवस 

काठमाडौं। आज राष्ट्रिय टोपी तथा पोसाक दिवस ‘नेपाली टोपी नेपाली पहिचान, यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मुल नाराका साथ कार्यक्रम गरी नेपालभर मनाइँदै छ ।

31-12-17

फूलबारीलाई कर छुट दिन नमिल्ने सर्वोच्चको फैसला

काठमाडौँ। सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले आइतबार राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुनाएको हो ।

31-12-17

प्रदेश ७ मा १८ जना महिला प्रदेश सांसद

प्रत्येक्ष निर्वाचनतर्फ एक मात्र महिला सदस्य जितेको प्रदेश नं. ७ को प्रदेश सभामा समानुपातिकतर्फका समेत महिलाको संख्या १८ पुगेको छ ।

31-12-17

जाजरकोटमा एमालेको युवासंघ अध्यक्षले कुटे एमालेकैे नेता

जाजरकोटमा एमालेको भातृसंगठन युवासंघ नेपालका कार्यकर्ताहरूले एमालेकै नेता कुटेका छन् । सडक निर्माणको विषयमा विवाद हुँदा एमाले जाजरकोटका नेता एवम् भेरी नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष चन्दबहादुर शाही र उनका छोरा महेन्द्रबहादुर शाहीलाई युवा संघका कार्यकर्ताहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।

31-12-17

 वरिष्ठ नेता रामबहादुर थापालाई राष्ट्रपतिको रुपमा प्रस्ताव

काठमाडौँ । नयाँ राष्ट्रपति बनाउने बारे चर्चा चल्न सुरु भएको छ । नेकपा माओवादी केन्द्रले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा बादललाई राष्ट्रपतिको रुपमा प्रस्ताव गरिसकेको छ ।

29-12-17

राष्ट्रपतिद्वारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी  छन् । राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज शुक्रवार राष्ट्रपतिबाट प्रमाणीकरण भएको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

29-12-17

 भ्रष्टचारको आरोपमा उपचसविव र शाखा अधिकृत पनि पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय सुकेधाराका उपचसविव र शाखा अधिकृत पनि पक्राउ परेका छन् । विदेशी लाइसेन्स नेपालीकरणको नाममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो ।

28-12-17

सृजना सैँजु बनिन् प्रदेश ३ को सांसद

२७ वर्षीया सृजना सैँजुलाई नेपाल मजदुर किसान पार्टीले प्रदेश नंम्बर ३ को सांसद बनाएको छ । नेमकिपाले प्रदेश नं ३ मा समानुपातिक तर्फ एक सिट मात्र प्राप्त गरेको थियो ।

28-12-17

नेवि संघद्वारा विज्ञान क्याम्पसमा तालाबन्दी

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले तालाबन्दी गरेका छन् ।

27-12-17

 युवा स्वरोजगार कोषको रकम नतिर्दा सांसद नै कालोसूचिमा पर्दै 

रुकुम पश्चिमबाट निर्वा्चित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । 

27-12-17

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.