logo

गाउँपालिका बन्द उल्लंघन गरेको भन्दै तोडफोड

    1868   पटक पढिएको


२१ पुष / अर्थ र व्यापार - गोरखा। गोरखाको भिमसेन गाउँपालिकाको केन्द्र स्थानान्तरणको बिरोधमा उत्रिएका बगुवाका स्थानीयले बन्द उल्लंघन गरेको भन्दै सवारी साधन तोडफोड गरेका छन् । शुक्रवार बन्द आह्वान गरेका त्यहाँका स्थानीयले उलंघन गरेको भन्दै लु ४ त ३६६३ नम्बरको ट्याक्टर र ना १२ प ९०१० नम्बरको मोटरसाइकलमा तोडफोड गरेका हुन् ।

त्यस्तै आन्दोलनमा उत्रिएका स्थानीयले मोटरसाइकल चालक यमजि बिकलाइ कुटपिट समेत गरेका छन् । कुटपिटबाट घाइते बिकको घ्याम्पेशाल मेडिकलमा उपचार भएको छ । तोडफोड बाट ट्याक्टरको अगाडीको दुवै साइड लाइट फुटेको छ भने मोटरसाइकलको अगाडीको हेडलाइट फुटेको घ्याम्पेशाल प्रहरी चौकी इन्चार्ज हरि प्रसाद अर्यालले बताए । आन्दोलनकारीहरुले ट्याक्टरमा आगजनी समेत गर्न खाजेका थिए ।

भिमसेन गाउँपालिकाको केन्द्र वगुवाबाट घ्याम्पेशाल सार्ने निर्णयको बिरोधमा उनीहरुले शुक्रवार गाउँपालिका बन्द गरेका हुन् । बिहानैदेखि करिव ७० जना स्थानीयहरु बन्द गराउन सडकमा उत्रिएका थिए । बन्दका कारण गोरखा आरुघाट सडक खण्डमा सवारी चल्न सकेका छैनन् । गत कात्तिक १९ गते गाउँपालिकाको बैठकले वगुवामा रहेको भिमसेन गाउँपालिकाको केन्द्र घ्याम्पेशाल सार्ने निर्णय गरेर मन्त्रिपरिषदमा पत्राचार गरेको थियो । आवश्यक सरसल्लाह बिना एकलौटी ढंगल केन्द्र सार्ने निर्णय गरेको भन्दै स्थानीयहरुले बिरोध जनाउदै आएका छन् । सोही क्रममा बिहीवार उनीहरुले गाउँपालिकाको कार्यालयमा तालावन्दी समेत गरेका थिए ।

यता गाउँपालिका प्रमुख इश्वर पाण्डेले शुक्रवार गोरखा सदरमुकाममा पत्रकार सम्मलेन गर्दै गाउँपालिका बन्द गराउनु, सर्वसाधारणको काम रोक्नु, अधिकार खोस्नु संविधान बिरोधी काम भएको बताए । उनले गाउँपालिकाको केन्द्रको विषयमा बिवाद झिकेर बिकास रोक्न नहुने, गाउँपालिका बन्द गर्न नहुने भन्दै तत्काल खोल्ने बताएका छन् । मन्त्रिपरिषदले केन्द्रजहाँ राख्न निर्णय गर्छ त्यहाँ नै बसेर जनताको सेवा गर्न तयार रहेको प्रमुख पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।