logo

जाजरकोटमा एमालेको युवासंघ अध्यक्षले कुटे एमालेकैे नेता

    1366   पटक पढिएको


१६ पुष / अर्थ र व्यापार - जाजरकोटमा एमालेको भातृसंगठन युवासंघ नेपालका कार्यकर्ताहरूले एमालेकै नेता कुटेका छन् । सडक निर्माणको विषयमा विवाद हुँदा एमाले जाजरकोटका नेता एवम् भेरी नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष चन्दबहादुर शाही र उनका छोरा महेन्द्रबहादुर शाहीलाई युवा संघका कार्यकर्ताहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।

युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र शाहीको समूहले वडा अध्यक्ष शाही र उनका छोरा माथि शनिबार साँझ आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए । उनीहरूको टाउको र अनुहारमा गम्भीर चोट लागेको चन्द्रबहादुरका भाइ गंगाबहादुर शाहीले बताए ।  शाही र उनका छोरालाई आक्रमण गर्नु अघि पेस्तोलबाट ३ राउण्ड फाइरिङ्ग समेत भएको स्थानीय जीतबहादुर चन्दले बताए ।  घाइतलाई प्राथमिक उपचारपछि कोहलपुर मेडिकल कलेजमा  शनिवार राति नै लगिएको गंगा शाहीले बताए । उनले  वडाध्यक्ष शाही गम्भीर अवस्थामा रहेको समेत बताए ।  
 
स्याउलीबजार देखि  पुन्माको सरस्वती मावि  हुँदै पातिहाल्ना सडक निर्माणको विषयमा विवाद हुँदा उनीहरूबीच झगडा भएको बतांइएको छ । सडक निर्माण कामको जिम्मा दिपेन्द्रले आफूले पाउनु पर्ने दावी गरेको भएपनि वडा अध्यक्ष शाहीले सडक निर्माण काम डिलबहादुर शाहीलाई  दिएपछि उनीहरु बीच विवाद भएको स्थानीयवासीको भनाइ छ ।  सडक निर्माणको काम आफूलाई नदिएको भन्दै वडाध्यक्ष शाहीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ । 

वडाध्यक्ष शाहीलाई युवासंघ जाजरकोटका अध्यक्ष दिपेन्द्र शाही, अन्य युवाहरू सुशील शाही, बुद्धिमान शाही, मानबहादुर शाही, सूर्य विक, यज्ञ शाही, देवबहादुर शाही लगायत ३० जनाले आक्रमण गरेको प्रहरी प्रमुख रिमालले जानकारी दिए । उनीहरूको खोजी भइरहेको रिमालले बताए । 

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट शाही एमालेबाट वडा अध्यक्ष बनेका थिए । वडाध्यक्ष शाही र  युवा संघका अध्यक्ष शाहीकाबीचमा स्थानीय तहको निर्वाचनकै बेला विवाद भएको स्थानीय एमाले कार्यकर्ताहरू बताउँछन् । वडाध्यक्ष शाही माधव नेपाल पक्षका हुन भने युवा संघका अध्यक्ष शाही केपी ओली पक्षका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।