logo

प्रदेश ७ मा १८ जना महिला प्रदेश सांसद

    1452   पटक पढिएको

 


१६ पुस / अर्थ र व्यापार - प्रत्येक्ष निर्वाचनतर्फ एक मात्र महिला सदस्य जितेको प्रदेश नं. ७ को प्रदेश सभामा समानुपातिकतर्फका समेत महिलाको संख्या १८ पुगेको छ ।

प्रदेश सभाको प्रत्येक्षतर्फ बझाङ्ग प्रदेश सभा निर्वाचन क्षेत्र (ख ) का वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेतृ देवकी मल्ल (थापा) बिजयी भएकी थिईन । उनले आफ्ना प्रमुख प्रतिद्वन्द्वी  कांग्रेसका नेता नरेशबहादुर सिंहलाई दुई हजार पाँच सय एक मतले पछि पार्दै बिजयी प्राप्त गरेकी थिइन् । प्रत्येक्षबाट एक मात्रै महिला सदस्य प्रदेश सभामा आएपनि समानुपातिकतर्फबाट १७ महिला थपिएका छन् ।

प्रत्येक्षमा १७ सिट सहित पहिलो भएको एमालेले समानुपातिकमा प्राप्त गरेका सवै आठ सिटमा महिला पठाएको छ । संबैधानिक व्यवस्था अनुसार प्रदेश सभामा कम्तीमा ३३ प्रतिशत महिला हुनै पर्ने भएपछि एमालेले आठै महिला पठाउनु पर्ने भएको हो । मालेले खस आर्य समुदायबाट माया भट्ट, मनकुमारी साउँद, पूर्ण जोशी र सुशिला बुढाथोकीलाई पठाएको छ । यस्तै थारु समुदायबाट चुनकुमारी चौधरी, दलितबाट दुर्गा बि.क. र अर्चना गहतराज र पिछडिएको क्षेत्रबाट माया तामाङ बोहरा सांसद बनेका छन ।

सिट संख्याको आधारमा एमालेले महिला मात्रै पठाउनु पर्ने भएपछि मुख्यमन्त्रीका प्रमुख दावेदार मानिएका एमाले पोलिटव्यूरो सदस्य एवं पूर्व मन्त्री कर्णबहादुर थापा सांसद हुन पाएनन् । प्रत्येक्षतर्फ चार सिट मात्रै जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पाएको आठ सिटमध्ये चार महिला पठाएको छ । संबिधान अनुसार आफूले प्राप्त गरेको कुल सिट संख्याको एक तिहाई महिला र्पुयाउनु पर्ने व्यवस्था अनुसार कांग्रेसले चार महिला पठाएको हो ।

खस आर्य समुदायबाट दिव्यश्वरी शाह र अम्विका कुमारी थापालाई कांग्रेसले सांसद बनाएको छ । यस्तै दलितबाट उमा बादी र पिछडिएको क्षेत्रबाट कुमारीनन्द बमलाई सांसद बनाएको छ । यस्तै प्रदेश सभामा प्रत्येक्षतर्फबाट १० सिट जितेको माओवादीले समानुपातिकमा चार सिट हात पारेको थियो । माओवादीले चारै महिला पठाएको छ । निर्मला बडाल (जोशी) र कुन्ती जोशीलाई खस आर्य समुदायबाट माओवादीले सांसद बनाएको छ । यस्तै थारु समुदायबाट बिनिता चौधरी र दलित समुदायबाट शान्ति नेपालीलाई सांसद बनाएको छ माओवादीले ।

प्रत्येक्षतर्फ एक मात्रै स्थान जितेको राष्ट्रिय जनता पार्टीले पनि समानुपातिकतर्फ पाएको एक सिटमा महिला पठाएको छ । राजपाले सुनिता चौधरीलाई सांसद बनाएको हो । दलहरुको यो उपस्थितिसंगै ५३ सदस्यीय प्रदेश सभामा महिलाहरुको संख्या झण्डै ३४ प्रतिशत हुने देखिएको छ । संबिधानको धारा १७६ अनुसार प्रत्येक्षबाट महिला आउन नसकेको अवस्थामा समानुपातिकबाट तोकिएको संख्यामा महिला ल्याउनु पर्ने व्यवस्था छ ।ु चार दलको प्रतिनिधित्व रहने प्रदेश सभामा एमाले पहिलो, माओवादी केन्द्र दोश्रो, कांग्रेस तेश्रो र राजपा चौथो दल भएका छन ।
एमाले २५ सिट जितेर पहिलो पार्टी भएपनि बहुमत प्राप्त गर्न सकेन । प्रदेश सभामा बहुमत र्पुयाउन २७ सिट आवश्यक हुन्छ । तर, वाम गठबन्धनले भने सहजै दुई तिहाई र्पुयाएको छ । एमाले २५ र माओवादी केन्द्रको १४ गरी वाम गठबन्धनले ३९ सिट र्पुयाएको छ । ५३ सदस्यीय प्रदेश सभामा ३५ ले दुई तिहाई पुग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।