१३ पुस / अर्थ र व्यापार - २७ वर्षीया सृजना सैँजुलाई नेपाल मजदुर किसान पार्टीले प्रदेश नंम्बर ३ को सांसद बनाएको छ । नेमकिपाले प्रदेश नं ३ मा समानुपातिक तर्फ एक सिट मात्र प्राप्त गरेको थियो ।
नेमकिपाले बुधबार सैँजुलाई प्रदेश सांसद निर्वा्चित गर्दै निर्वाचन आयोगलाई जानकारी दिएको हो । उनी हाल नेमकिपाको सेल कमिटीको उपाध्यक्ष छिन् । उनी नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय सदस्य भैसकेकी छिन् । सृजना नेमकिपाको आस्था सांस्कृतिक परिवारको पूर्व अध्यक्ष समेत हुन् ।
तपाईको प्रतिक्रिया