logo

९ क्षेत्रको मतपरिणाम आउन बाँकी

    1609   पटक पढिएको


    २६ मंसिर / अर्थ र व्यापार - प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको जारी मतगणनाअनुसार अब ९ वटा क्षेत्रको मतपरिणाम आउन बाँकी छ । सोमबार बेलुकीसम्म १ सय ५६ प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भएको छ । जसमा एमाले र माओवादी केन्द्र रहेको बाम गठबन्धन धेरै स्थानमा विजयी भएको छ । 
एमाले ६६ र माओवादी केन्द्र ३४ गरी बाम गठबन्धनले एक सय स्थानमा जितिसकेको छ । नेपाली कांग्रेस २१ स्थानमा विजयी भएको छ । त्यसबाहेक मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले २० स्थान, नयाँ शक्ति, राप्रपा र स्वतन्त्रले १÷१ स्थानमा जितेका छन् । मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन भएका ९ स्थानको मतगणना भने जारी छ । जसमा सुनसरी– ३ ,धनुषा– १, सर्लाही– ४, स्याङ्जा– १, स्याङ्जा– २ अर्घाखाँची, कैलाली– १ , २ र ३ रहेका छन् । 
यीमध्ये ५ निर्वाचन क्षेत्रमा एमालेले अग्रता लिइरहेको छ । सुनसरी– ३, स्याङ्जा– १ ,कैलाली २,३ र स्याङ्जा २ मा एमालेको अग्रता छ । त्यस्तै, धनुषा– १ र अर्घाखाँचीमा माओवादीले अग्रता लिएको छ भने सर्लाही– ४ र कैलाली– १ मा राष्ट्रिय जनता पार्टीको अग्रता छ । 
त्यस्तै समानुपातिकतर्फ पनि मतगणना जारी छ, जसमा पनि एमालेले अग्रता लिइरहेको छ । सोमबार बेलुकीसम्म एमालेले ४ लाख ४६ हजार ३७ मत प्राप्त गरी प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ पनि अग्रता लिएको हो । नेपाली कांग्रेस ४ लाख २९ हजार ९१ मतका साथ दोस्रो स्थानमा छ । माओवादी केन्द्रले २ लाख ५ हजार ३ सय ९० मत पाएर तेस्रो स्थानमा छ । त्यस्तै चौथोमा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र पाँचौंमा विवेकशील साझा पार्टी छन् । राजपा नेपालको २५ हजार ७ सय ४१ र विवेकशील साझाको २३ हजार २ सय ३६ मत छ । त्यसैगरी राप्रपाको २१ हजार ९ सय ९९, संघीय समाजवादी फोरमको १८ हजार ३ सय ४०, नयाँ शक्ति पार्टीको १८ हजार १ सय २४ राप्रपा प्रजातान्त्रिकको ९ हजार २ सय ६०, राष्ट्रिय जनमोर्चाको ७ हजार १ सय १८ मत रहेको छ । अन्य दलको २८ हजार २ सय १६ मत रहेको आयोगले जनाएको छ । प्रदेशसभा तर्फ भने मिश्रित मतपरिणाम छ । प्रदेश नम्बर १, ३ र ५ मा एमाले, ४ र ७ मा कांग्रेस र ६ मा माओवादी केन्द्रको अग्रता छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।