logo

अब म पार्टीको नेतृत्व लिन्छु : प्रकाशमान सिंह

    1247   पटक पढिएको

४ कात्तिक / अर्थ र व्यापार – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आसन्न पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दोहो¥याएका छन् । उनले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औंल्याउँदै अब आफू आगामी नेतृत्व लिन पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
बिहीबार धादिङमा पार्टीको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा पूर्वमहामन्त्री सिंहले यस्तो बताएका हुन । उनले कांग्रेसमा आफ्नो परिवारले त्याग मात्रै गरेको उल्लेख गर्दै आगामी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दावी गरे । 
‘गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको छ । अब म पार्टीको नेतृत्व गर्छु,’ उनले भने, ‘म गणेशमानको छोरा भएर मात्रै राजनीतिमा आएको होईन । मेरो आफ्नै छुट्टै संघर्ष छ । यहाँसम्म आइपुग्दा धेरै अवरोधहरुको समाना गरेको छु ।’ उनले आफू अन्य क्षेत्रमा असफल भएर राजनीतिमा नआएको पनि स्पष्ट पारे ।
काँग्रेस नेता सिंहले अहिलेको पार्टी नेतृत्वका कारण नेपाली कांग्रेस कमजोर भएको आरोप लगाए । पार्टीलाई विधिसम्वत र संस्थागत रुपमा नेतृत्वले अघि नबढाएको उनको आरोप छ । हालसम्म धेरै पटक कार्यतालिका संशोधन गर्दा पनि महाधिवेशन गर्न नसकेको भन्दै उनले पार्टी नेतृत्वको आलोचना गरे । महाधिवेशन पनि गर्न नसक्ने पार्टीले कसरी देश चलाउँछ भनेर जनताले प्रश्न गर्न थालिसकेको बताउँदै  सिंहले भने, ‘अब तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ । कुनै बहानाबाजी गर्न पाइदैन ।’ 
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ तर, कतिपय जिल्लामा वडा अधिवेशन नै सुरु हुन नसक्दा कांग्रेस महाधिवेशन निर्धारित मितिमा हुनेमा आशंका हुन थालेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।