logo

एमालेको महाधिवेशनले सौराहाका तीनसय होटलका ३५०० भन्दाबढी कोठा भरिए , झन्डै ३७ करोड रुपैयाँ खर्च 

    1003   पटक पढिएको

१२ मंसिर /अर्थ र व्यापार – नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशनले चितवनको सौराहाका तीनसय होटलका करिब ३५०० भन्दा बढी कोठा भरिभराउ भएका छन । महाधिवेशनमा सहभागी नेता, कार्यकर्ता, अतिथिहरु र संचारकर्मी तथा अन्य पाहुनाहरुलाई खाना, बास र यातायात गरि झन्डै ३७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 
नयाँ नेतृत्व चयन सहित १० औं महाधिवेशनलाई भब्यताकासाथ सम्पन्न गराउन पर्यटकीय नगरी चितवन पुगेको नेकपा एमाले अहिले आफ्नो महाधिवेशनमा व्यस्त छ । गत शुक्रबार उद्घाटन भएको महाधिवेशनमा नेकपा एमालेले विदेशी राजनीतिक दलका नेता, नेपाली प्रमुख राजनीतिक दलका नेता र हजारौं कार्यकर्ताको सहभागिता छ । अहिले उनीहरुले १०औं महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न लागेका छन । जसकालागि अहिलेसम्म चितवनमै महाधिवेशनको बन्दसत्र जारी छ ।
कम्युनिष्ट पार्टी नेकपा एमाले महाधिवेशनको राजकीय तामझाम र हजारौं कार्यकर्ताको सहभागिताले महाधिवेशनमा ठूलै धनराशी खर्च भएको अनुमान लगाउन सकिन्छ ।
नेकपा एमालेको १०औं महाधिवेशनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीले महाधिवेशनमा ७ करोड ५० लाख रुपैयाँ खर्च हुने प्रक्षेपण गरेको थियो । पत्रकार सम्मेलनमा साढे ७ करोड रुपैयाँ मात्रै खर्च हुने बताएको एमालेले महाधिवेशनमा उल्लेख्य खर्च भएको महाधिवेशनको तामझम र सहभागीहरुको संख्याले अनुमान लगाउन सकिन्छ ।
महाधिवेशन आर्थिक कमिटीका संयोजक बिष्णु रिमालका अनुसार नवौं महाधिवेशन भन्दा १०औं महाधिवेशनमा तीन करोड बढी खर्च हुने प्रक्षेपण थियो । ‘नवौं महाधिवेशनमा ४ करोड ५० लाख खर्च गरेको एमालेले १०औं महाधिवेशनमा ७ करोड ५० लाख रुपैयाँ मात्रै खर्च गर्ने उनको भनाई थियो ।
तर, एमालेको हिसाव महाधिवेशनमा फेल हुन पुग्यो । परिणाम स्वरुप प्रक्ष्येपण गरेको खर्चभन्दा ५ गुणा बढी खर्च एमालेले महाधिवेशनमा गरेको छ ।
होटल संघ चितवनका अनुसार एमालेको कार्यकर्ताकै लागि ३०० सयवटा होटलका ३५ सय कोठा बुक भएका छन् । यी कोठाहरु एक सातासम्मका लागि बुक भएको संघको भनाई छ ।
संघका अनुसार एक दिनको एक कोठाको ५ सय रुपैयाँ तोकिएको छ । तर, कतिपय होटलमा भने ५ सयभन्दा बढी पनि तोकिएको छ । तर, औसतमा ५ सय नै लिन सकिन्छ ।
एक कोठाको ५ सय रुपैयाँको हिसाव गर्दा पनि ७ दिनसम्म ३५ सय कोठाको भाडा १ करोड २२ लाख ५० हजार रुपैयाँ हुन आउँछ । १०औं महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । २१७५ जनाका कम्तिमा ४ जना कार्यकताहरु महाधिवेशनमा उपस्थित छन् ।
चितवनमा एक सातासम्म कम्तिमा ८ हजार ७ सय जना सहभागी हुनेछन् । होटल संघ चितवनका अनुसार एक नन भेज खानाको २ सय रुपैयाँ तोकिएको छ । दिनको २ पटकको खानाको हिसाव गर्दा पनि एक सातासम्म ८ हजार ७ सय जनाको खाना खर्च २ करोड ४३ लाख ६० हजार रुपैयाँ हुन आउँछ । जुन न्यूनतम मात्रै खर्च हो । माथिको गरिएको हिसाव भेज खाना र कोठा भाडाको मात्रै जोडिएको हो । यसैगरि, नेकपा एमालेले महाधिवेशनमा ५ लाख कार्यकर्ता तथा मानिसहरुको सहभागिता भएको दावी गरेको छ । पार्टीले यसअघि नै पत्रकार सम्मेलन गरेर सहभागी सबैलाई बिहान र साँझ खाना खुबाउने घोषणा गरेको थियो ।
५ लाख कार्यकर्तालाई होटलमा खाना खुवाए पनि दुई पटकको ५ लाख कार्यकर्ताको खाना खर्च मात्रै २० करोड रुपैयाँ बढी हुन आउँछ । यो सँगै एमालेले ५ हजार गाडी बुक गरेर चितवन पु¥याएको दावी गरेको छ । एउटा गाडीको औसत भाडा २० हजार रुपैयाँ जोड्दा पनि ५ हजार गाडीको १० करोड रुपैयाँ हुन जान्छ । यो सँगै एमालेले मञ्चका लागि ५० लाख, मस्कटमा ३ लाख ५० हजार र झण्डा बनाउनका लागि २० लाख रुपैयाँ खर्च भएको जनाएको छ ।
यसरी औसतमा हिसाव गर्दा पनि एमालेले १०औं महाधिवेशनमा न्यूनतम ३६ करोड ३६ लाख रुपैयाँ खर्च गरेको देखिन्छ । जुन भेज खाना, कोठा र यातायात खर्च मात्रै हो । हालै नविकरण भएका ८ लाख ५५ हजार ४ सय ५३ सदस्यलाई १–१ सय रुपैयाँ सहयोग गर्न आह्वान गरेको गरेको थियो । एमालेको महाधिवेशन उद्घाटन सत्रकालागि नारायणी नदि किनारमा तयार पारिएको मञ्च निर्माणकालागि मात्र ५० लाख रुपैयाँ खर्च गरिएको थियो ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।