logo

एमालेको महाधिवेशनले सौराहाका तीनसय होटलका ३५०० भन्दाबढी कोठा भरिए , झन्डै ३७ करोड रुपैयाँ खर्च 

    1371   पटक पढिएको

१२ मंसिर /अर्थ र व्यापार – नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशनले चितवनको सौराहाका तीनसय होटलका करिब ३५०० भन्दा बढी कोठा भरिभराउ भएका छन । महाधिवेशनमा सहभागी नेता, कार्यकर्ता, अतिथिहरु र संचारकर्मी तथा अन्य पाहुनाहरुलाई खाना, बास र यातायात गरि झन्डै ३७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 
नयाँ नेतृत्व चयन सहित १० औं महाधिवेशनलाई भब्यताकासाथ सम्पन्न गराउन पर्यटकीय नगरी चितवन पुगेको नेकपा एमाले अहिले आफ्नो महाधिवेशनमा व्यस्त छ । गत शुक्रबार उद्घाटन भएको महाधिवेशनमा नेकपा एमालेले विदेशी राजनीतिक दलका नेता, नेपाली प्रमुख राजनीतिक दलका नेता र हजारौं कार्यकर्ताको सहभागिता छ । अहिले उनीहरुले १०औं महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न लागेका छन । जसकालागि अहिलेसम्म चितवनमै महाधिवेशनको बन्दसत्र जारी छ ।
कम्युनिष्ट पार्टी नेकपा एमाले महाधिवेशनको राजकीय तामझाम र हजारौं कार्यकर्ताको सहभागिताले महाधिवेशनमा ठूलै धनराशी खर्च भएको अनुमान लगाउन सकिन्छ ।
नेकपा एमालेको १०औं महाधिवेशनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीले महाधिवेशनमा ७ करोड ५० लाख रुपैयाँ खर्च हुने प्रक्षेपण गरेको थियो । पत्रकार सम्मेलनमा साढे ७ करोड रुपैयाँ मात्रै खर्च हुने बताएको एमालेले महाधिवेशनमा उल्लेख्य खर्च भएको महाधिवेशनको तामझम र सहभागीहरुको संख्याले अनुमान लगाउन सकिन्छ ।
महाधिवेशन आर्थिक कमिटीका संयोजक बिष्णु रिमालका अनुसार नवौं महाधिवेशन भन्दा १०औं महाधिवेशनमा तीन करोड बढी खर्च हुने प्रक्षेपण थियो । ‘नवौं महाधिवेशनमा ४ करोड ५० लाख खर्च गरेको एमालेले १०औं महाधिवेशनमा ७ करोड ५० लाख रुपैयाँ मात्रै खर्च गर्ने उनको भनाई थियो ।
तर, एमालेको हिसाव महाधिवेशनमा फेल हुन पुग्यो । परिणाम स्वरुप प्रक्ष्येपण गरेको खर्चभन्दा ५ गुणा बढी खर्च एमालेले महाधिवेशनमा गरेको छ ।
होटल संघ चितवनका अनुसार एमालेको कार्यकर्ताकै लागि ३०० सयवटा होटलका ३५ सय कोठा बुक भएका छन् । यी कोठाहरु एक सातासम्मका लागि बुक भएको संघको भनाई छ ।
संघका अनुसार एक दिनको एक कोठाको ५ सय रुपैयाँ तोकिएको छ । तर, कतिपय होटलमा भने ५ सयभन्दा बढी पनि तोकिएको छ । तर, औसतमा ५ सय नै लिन सकिन्छ ।
एक कोठाको ५ सय रुपैयाँको हिसाव गर्दा पनि ७ दिनसम्म ३५ सय कोठाको भाडा १ करोड २२ लाख ५० हजार रुपैयाँ हुन आउँछ । १०औं महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । २१७५ जनाका कम्तिमा ४ जना कार्यकताहरु महाधिवेशनमा उपस्थित छन् ।
चितवनमा एक सातासम्म कम्तिमा ८ हजार ७ सय जना सहभागी हुनेछन् । होटल संघ चितवनका अनुसार एक नन भेज खानाको २ सय रुपैयाँ तोकिएको छ । दिनको २ पटकको खानाको हिसाव गर्दा पनि एक सातासम्म ८ हजार ७ सय जनाको खाना खर्च २ करोड ४३ लाख ६० हजार रुपैयाँ हुन आउँछ । जुन न्यूनतम मात्रै खर्च हो । माथिको गरिएको हिसाव भेज खाना र कोठा भाडाको मात्रै जोडिएको हो । यसैगरि, नेकपा एमालेले महाधिवेशनमा ५ लाख कार्यकर्ता तथा मानिसहरुको सहभागिता भएको दावी गरेको छ । पार्टीले यसअघि नै पत्रकार सम्मेलन गरेर सहभागी सबैलाई बिहान र साँझ खाना खुबाउने घोषणा गरेको थियो ।
५ लाख कार्यकर्तालाई होटलमा खाना खुवाए पनि दुई पटकको ५ लाख कार्यकर्ताको खाना खर्च मात्रै २० करोड रुपैयाँ बढी हुन आउँछ । यो सँगै एमालेले ५ हजार गाडी बुक गरेर चितवन पु¥याएको दावी गरेको छ । एउटा गाडीको औसत भाडा २० हजार रुपैयाँ जोड्दा पनि ५ हजार गाडीको १० करोड रुपैयाँ हुन जान्छ । यो सँगै एमालेले मञ्चका लागि ५० लाख, मस्कटमा ३ लाख ५० हजार र झण्डा बनाउनका लागि २० लाख रुपैयाँ खर्च भएको जनाएको छ ।
यसरी औसतमा हिसाव गर्दा पनि एमालेले १०औं महाधिवेशनमा न्यूनतम ३६ करोड ३६ लाख रुपैयाँ खर्च गरेको देखिन्छ । जुन भेज खाना, कोठा र यातायात खर्च मात्रै हो । हालै नविकरण भएका ८ लाख ५५ हजार ४ सय ५३ सदस्यलाई १–१ सय रुपैयाँ सहयोग गर्न आह्वान गरेको गरेको थियो । एमालेको महाधिवेशन उद्घाटन सत्रकालागि नारायणी नदि किनारमा तयार पारिएको मञ्च निर्माणकालागि मात्र ५० लाख रुपैयाँ खर्च गरिएको थियो ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।