१५ साउन/अर्थ र व्यापार– नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य भीम रावलले एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गरेका छन् ।
नेता भीम रावलले प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समयमा बोल्दै मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेको हो ।
नेता रावलले एमसीसी कार्यन्वयन सम्झौताका क्रममा मूल सम्झौतासँगै भएका सबै सम्झौता संसदमा पेश गर्नुपर्ने धारणा राखेका हुन् ।
उनले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम शुरु भइसकेको भन्दै त्यसमा आपत्ती जनाए ।
तपाईको प्रतिक्रिया