१४ असोज / अर्थ र व्यापार – नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा अन्जन थापा ‘कुमार’ चयन भएका छन । संगठनको बिहीबार राजधानीमा सम्पन्न भेलाले थापाको अध्यक्षतामा ६९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संगठनको पुर्नरगठित नयाँ कार्य समितिको उपाध्यक्षहरुमा रामकृष्ण तिमल्सिना ,अर्जुनलाल प्रधान, बिरेन्द्र अधिकारी , दामोदर ढकाल, हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेञ्जिङ्ग शेर्पा र गणेश रिमाल चयन भएका छन ।
यसैगरि, संगठनको महासचिवमा बद्रि तिमल्सिना, उप महासचिवमा नवराज गौली र केशब धिताल रहेका छन । त्यसैगरि, सचिवहरुमा प्रदिप पण्डित, सुमन न्यौपाने, बिष्णु बाराकोटी ,अच्युत गुरुङ, तिलक लोहोनी चयन भएका छन । त्यसैगरि, संगठनको कोषाध्यक्षमा नवराज थापा, सह –कोषाध्यक्षमा सुनिल सिलवाल चयन भएको सो संगठनका नवनिर्वाचित सचिव प्रदिप पण्डितले जानकारि दिए ।
सचिव पण्डितका अनुसार कुल ६९ सदस्यीय नयाँ कार्यसमितिमा ५० जना केन्द्रिय सदस्य र अन्य पदाधिकारीहरु रहेका छन । नेकपा एकिकृत समाजवादीका नेता मुमुन्द न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो भेलामा पर्यटन क्षेत्रमा समलग्न विभिन्न संघ संस्थामा आवद्ध व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया