logo

नेता हरिनारायण रौनियारको सक्रियता : भारतीय शीर्ष नेतृत्वसँग भेटवार्ता, नेपाल–भारत सुसम्वन्धमा जोड

    1481   पटक पढिएको

५ कात्तिक/ अर्थ र व्यापार – पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद एवं जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियारले छिमेकी राष्ट भारतका राजनीतिक दलका शीर्ष नेताहरुसित भेटवार्ता गरेका छन् ।
सो भेटका क्रममा नेता रौनियारले नेपाल भारतबीच रहेको आर्थिक तथा सामाजिक सुसम्बन्धको निरन्तरतामा जोड दिए । दुई देशबीचको अपसी सम्बन्धलाई थप सुदृढ र परिस्कृत बनाउँदै आपसी हितका विषयमा सहकार्य गरिनुपर्नेमा रौनियारको जोड थियो । सो भेटवार्ताको क्रममा रौनियारले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका हुन् । 
सत्तासीन भारतीय जनता पार्टीका प्रभावशाली नेता सिंह सँग भएको भेटमा दुई देशबीचको साँस्कृतिक सम्बन्ध र सबैभन्दा नजिकको छिमेकी र नेपाल र भारतबीच केही समस्या देखिए पनि विश्वासमा आधारित सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको रौनियारले जानकारी दिए ।
यसैगरि, रौनियारले भारतीय जनता पार्टी नेता विजय जौलीसँग पनि भेट गरेका छन् । त्यसैगरी, भारतका पूर्वकेन्द्रीय स्वास्थ्यमंत्री तथा भारतीय जनता पार्टीका नेता डा. हर्षवर्धनसँग पनि भेट भएको रौनियारको सचिवालयले जनाएको छ । त्यसैगरि, भारत भ्रमणको क्रममा भारतीय नेता कर्ण सिंहसँग पनि भेट गरेका छन् ।
ती भेटवार्ताको क्रममा नेता रौनियारले नेपाल भारत सीमा क्षेत्रको सापेक्ष विकास, सीमानाका पूर्वाधारहरुको सुधार र स्तरोन्नति, पर्सा क्षेत्र नम्बर ३ को विकास लगायतका समसामयिक आर्थिक तथा सामाजिक सरोकारहरुको सहकार्यका लागि भारतीय नेताहरुलाई आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ । 
सो भेटवार्ताको क्रममा भारतीय नेताहरुले नेपाल भारत सम्बन्ध उदाहरणीय रहेको र आपसी सहकार्य र साझोरीको निरन्तरतामा प्रतिबद्धता व्यक्त गरेको पनि नेता रौनियारले बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।