logo

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अबको केही समयबाट सुरु हुँदै 

    1499   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अबको केही समयबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण: सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ शुक्रबार दिउँसो १ बजे भृकुटीमण्डपमा कांग्रेसको महाधिवेशन उद्घाटन हुन लागेको हो ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो महाधिवेशनको उद्घाटन गर्ने छन् । उद्घाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कोरोना संक्रमणको जोखिमका कारण कांग्रेसले यसपटक उद्घाटन समारोहमा धेरै मानिस उतारेको छैन । काठमाडौं उपत्यकाभित्रका र स्वतःस्फूर्त काठमाडौंमा आएकाहरु मात्र उद्घाटन समारोहमा सहभागी हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसले उद्घाटनसत्रमा करिब चारलाख मानिस उतार्ने जनाएको छ । जसकालागि विदेशबाट समेत अतिथिहरु आइसकेका छन् । कोरोना भाइरसको महामारीका कारण अपेक्षाकृत विदेशी भने आएका छैनन् । भारतबाट चारजना नेताहरु आइसकेका छन् । नेपालका सबै दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । महाधिवेशनमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी लगायत दलका प्रमुख तथा प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।    
आगामी तीन दिनसम्म चल्ने सो महाधिवेशनमा सहभागी करीब चारहजार तीनसय जना प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । कांग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । यसैगरि, ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । 
सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।
सो निर्वाचनकालागि कांग्रेसको बन्दसत्र र निर्वाचन प्रक्रिया पनि शुक्रबारबाट नै सुरु भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन शुक्रबार बिहान १० बजे भएको थियो । उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने छ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ पनि शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णयको काम पनि सोही दिन साँझ ७ बजेदेखि ९ बजेसम्म हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार उम्मेदवारको पहिलो नामावली प्रकाशन शनिबार राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आगामी आइतबार बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन आइतबार दिउँसो १२ः१५ बजे र मतदान आगामी सोमबार बिहान ८ बजेदेखि हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 
सो निर्वाचनमा मतदान भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा हुनेछ भने मतदानमा २९ किसिमका मतपत्र हुनेछन् । उम्मेदवारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । कांग्रेसमा अब कस्तो नेतृत्व आउला भन्ने चासो धेरैको छ, तर, कांग्रेसभित्र भने उम्मेदवारको टुंगो अझै लाग्न सकेको छैन । संस्थापन समूहबाट शेरबहादुर देउवा सभापतिको उम्मेदवार हुने भए पनि संस्थापनइत्तर समूहबाट उम्मेदवार टुंगो लागेको छैन । 
संस्थापनइतर समूहका प्रकाशमान सिंह र डा. शेखर कोइराला आ–आफ्नो अडानमा टसमस नभएपछि उम्मेदवार चयन गर्न सकस परिरहेको छ । विगतका महाधिवेशनमा जस्तो यसपटक पार्टीको नीति तथा कार्यक्रममा छलफल गरेर अनुमोदन हुनेछैन । आन्तरिक विवादका कारण पटक–पटक महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले कांग्रेसले यसपटक नेतृत्व चयन र नीति तथा कार्यक्रम छुट्टाछुट्टै प्रक्रियाबाट टुंग्याउने निर्णय गरेको थियो ।
महाधिवेशनमा सहभागी हुन अधिकांश महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । उनीहरूलाई बस्ने व्यवस्था सुन्धारा, गौशाला र ठमेलका लगायतका होटलहरुमा व्यवस्था गरिएको छ । खाना र नास्ताको व्यवस्था भने भृकुटीमण्डप परिसरभित्र हुनेछ । महाधिवेशनलाई लक्षित गरी नेपाल प्रहरीले तीन तहको घेरा र उच्च प्रविधिसहित सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।