logo

कांग्रेस नेता प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारीको घोषणा

    1590   पटक पढिएको

 

१० असोज / अर्थ र व्यापार – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन । गणेशमान सिंहका छोरा एवं कांग्रेसका बरिष्ठ नेता सिंहले अब यस पार्टीमा आमूल परिवर्तन ल्याउनकालागि आफुले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।  यसैगरि, उनले आफूले पार्टीको ‘नम्बर एक व्यक्ति ’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे । 
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका – १७ नम्बर वडाले  आयोजना गरेको एक कार्यक्रममा बोल्दै बरिष्ठ नेता सिंहले यस्तो बताएका हुन । उनले अहिलेसम्म राम्रो अवसर पाएर पनि नेताहरूले अपेक्षाकृत रुपमा काम नगरेका कारण नेपाली कांग्रेस पार्टी लथालिंग अवस्थामा पुगेको भन्दै अब यो पार्टीमा आमुल परिवर्तन ल्याई अघि बढ्नकालागि आगामी नेतृत्वकालागि आफुले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताए । 
यसैगरि, बरिष्ठ नेता सिंहले नेपाली कांग्रेसको १४औं महाधिवेशनले पनि पूरानै नेताहरूलाई नेतृत्व सुम्पिए कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने चेतावनी दिए । अब यस पार्टीको गरिमालाई थप उच्च बनाएर अघि बड्नुपर्ने बेला आएकाले अहिले आफुले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्न बाध्य भएको बताउँदै उनले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर एक व्यक्ति ’ भएर काम गर्न चाहेको धारणा राखे । 
यसैगरि, नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको बताए । उनले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । बरिष्ठ नेता सिंहले अझै पनि यस पार्टीका नेतृत्वले १४ औं महाधिवेशनको मिति फेरि पनि सार्ने षडयन्त्र भइरहेको भन्दै तिब्र आक्रोश पोखे । अझै नेतृत्व तहबाट यस पार्टीलाई बन्धक बनाई राख्न खोजे ठुलो दुर्घटना निम्तिने चेतावनी समेत दिए । सिंहले अब आफु कुनै हालतमा पनि सभापतिको उम्मेद्वारबाट पछि नहट्ने दावी गरे । 
अहिले आफू सम्पूर्णरुपले यस पार्टीको सभापति बन्न सक्षम रहेको दावी गर्दै उनले अब कुनै हालतमा पनि आफु पछि नहट्ने बताए । अहिले सिंहले आमजनताको दुःखमा मलमपट्टी लगाउनकालागि भए पनि आफू कांग्रेस सभापति बन्नुपर्ने अवस्था आइलागेको बताए । 
‘आम जनताको दुःखमा मलमपट्टी लगाउनको लागि भएपनि म कांग्रेसको सभापति बन्नु पर्छ’, सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? त्यसैले अब सभापतिको उम्मेद्वारीबाट पछि हट्दिन ।’ यसैगरि, उनले पार्टीको १३ औं महाधिवेशनपछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए । नेतृत्व गलत भए पछि लामो इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरे सरह हुने धारणा राखे । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।