logo

कांग्रेस नेता प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारीको घोषणा

    1369   पटक पढिएको

 

१० असोज / अर्थ र व्यापार – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन । गणेशमान सिंहका छोरा एवं कांग्रेसका बरिष्ठ नेता सिंहले अब यस पार्टीमा आमूल परिवर्तन ल्याउनकालागि आफुले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।  यसैगरि, उनले आफूले पार्टीको ‘नम्बर एक व्यक्ति ’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे । 
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका – १७ नम्बर वडाले  आयोजना गरेको एक कार्यक्रममा बोल्दै बरिष्ठ नेता सिंहले यस्तो बताएका हुन । उनले अहिलेसम्म राम्रो अवसर पाएर पनि नेताहरूले अपेक्षाकृत रुपमा काम नगरेका कारण नेपाली कांग्रेस पार्टी लथालिंग अवस्थामा पुगेको भन्दै अब यो पार्टीमा आमुल परिवर्तन ल्याई अघि बढ्नकालागि आगामी नेतृत्वकालागि आफुले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताए । 
यसैगरि, बरिष्ठ नेता सिंहले नेपाली कांग्रेसको १४औं महाधिवेशनले पनि पूरानै नेताहरूलाई नेतृत्व सुम्पिए कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने चेतावनी दिए । अब यस पार्टीको गरिमालाई थप उच्च बनाएर अघि बड्नुपर्ने बेला आएकाले अहिले आफुले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्न बाध्य भएको बताउँदै उनले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर एक व्यक्ति ’ भएर काम गर्न चाहेको धारणा राखे । 
यसैगरि, नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको बताए । उनले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । बरिष्ठ नेता सिंहले अझै पनि यस पार्टीका नेतृत्वले १४ औं महाधिवेशनको मिति फेरि पनि सार्ने षडयन्त्र भइरहेको भन्दै तिब्र आक्रोश पोखे । अझै नेतृत्व तहबाट यस पार्टीलाई बन्धक बनाई राख्न खोजे ठुलो दुर्घटना निम्तिने चेतावनी समेत दिए । सिंहले अब आफु कुनै हालतमा पनि सभापतिको उम्मेद्वारबाट पछि नहट्ने दावी गरे । 
अहिले आफू सम्पूर्णरुपले यस पार्टीको सभापति बन्न सक्षम रहेको दावी गर्दै उनले अब कुनै हालतमा पनि आफु पछि नहट्ने बताए । अहिले सिंहले आमजनताको दुःखमा मलमपट्टी लगाउनकालागि भए पनि आफू कांग्रेस सभापति बन्नुपर्ने अवस्था आइलागेको बताए । 
‘आम जनताको दुःखमा मलमपट्टी लगाउनको लागि भएपनि म कांग्रेसको सभापति बन्नु पर्छ’, सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? त्यसैले अब सभापतिको उम्मेद्वारीबाट पछि हट्दिन ।’ यसैगरि, उनले पार्टीको १३ औं महाधिवेशनपछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए । नेतृत्व गलत भए पछि लामो इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरे सरह हुने धारणा राखे । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।