प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाले थलिएको देशको अर्थतन्त्र उकास्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन ।
अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस तत्काल लागु हुने घोषणा गरेका छन् । नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न एमडिएमएस तत्काल लागु हुने घोषणा गरेका हुन् ।
उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षापछि आफ्नो धारणा सार्वजनिक गरको छ । संगठनले केन्द्रीय बैंकले गरेको समीक्षामार्फत २०७८ असार मसान्तसम्म कर्जा निक्षेपको लक्षित अनुपात कायम गर्दा हुने गरी लचकता अपनाएकाले तरलता व्यवस्थापनमा यस प्रावधानबाट केही राहत पुग्ने देखिने जनाएको छ ।
नेपाल आयल निगमले आफ्नै डिजिटल वालेट सञ्चालनमा ल्याउने भएको छ ।सेवालाई छिटो छरितो ढंंगबाट अगाडी बढाउनका लागि निगमले सो सेवा सञ्चालन गर्न लागेको हो । पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि निगमले यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
मुलुकले कोरोना महामारीको कहरसँग पौंठेजोरी गर्नुपरेको पछिल्लो डेढ वर्षमा साना तथा घरेलु उद्योग क्षेत्रमा भन्डै २ खर्ब रुपैयाँ भन्दाबढी लगानी भएको छ । वार्षिक औसत ३ देखि ४ हजारको संख्यामा थपिने साना तथा घरेलु उद्योग कोरोना महामारिको संक्रमणपूर्ण एवं एकदमै संकटकालको १८ महिनामा झण्डै ३५ हजारले बढेको उद्योग विभागले जनाएको छ ।
सम्वन्धीत क्षेत्रका सरोकारवाला एवं व्यवसायीहरुले ढाकाजन्य बस्तु उत्पादनको प्रवद्र्घन गर्नसके मुलुककै व्यापार घाटा न्यूनीकरण हुने बताएका छन । उनीहरुले नेपालमा स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा समेत उच्च सम्भावना बोकेको ढाकाजन्य बस्तु उत्पादनको प्रवद्र्घन गर्न सके सहज रुपमा मुलुकको व्यापार घाटा न्यूनीकरण हुने दावी गरे ।
राजस्व अनुसन्धान विभागले झन्डै ३० करोड रुपैयाँ राजस्व छलीमा संलग्न तीनवटा कम्पनी तथा फर्मका सञ्चालकहरूविरुद्ध मुद्दा दायर गरेको छ ।
नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत अपनाएको लचकताले तरलता व्यवस्थापनमा केहि राहत हुने धारणा राखेकोे छ । शुक्रबार मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले आगामी असार मसान्तसम्म लक्षित अनुपात कायम गरे हुने व्यवस्था गरेकोमा परिसंघले स्वागतयोग्य नै भएको धारणा राखेको छ ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड स्थापनाको ४० वर्षपछि बल्ल नाफामा गएको छ । स्वदेशी औषधी उत्पादन गर्ने लक्ष्यकासाथ स्थापना भएको सो कम्पनी विगत तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च अपेक्षाकृत नबढेको र आयात बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले चालु आर्थिक वर्षको प्रथम प्रगति समीक्षामा बोल्दै पुँजीगत खर्च बढाउन नयाँ विकल्पमा जानुपर्ने र बलपूर्वक आयात घटाउनु पर्ने दिन आउन सक्ने बताए ।
पछिल्लो समय व्यवसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या बढ्दै गएको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म स्थायी लेखा नम्बर लिनेको संख्या ४३ लाख ४८ हजार ९२८ पुगेको हो ।
संयुक्त विद्यार्थी संगठनले महँगी र मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री देउवासँग भेट गर्दै विभिन्न ६ विद्यार्थी संगठनले मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका हुन् ।
आइतबार सम्पन्न भएको १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगितामा करिब ८ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल हस्तकला महासंघद्धारा काठमाडौंको हायात होटलमा आयोजित तीनदिनसम्म चलेको सो मेलामा करिब एकलाख भन्दाबढीले सहभागीता जनाएका थिए ।
अर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका धराशायी सार्वजनिक संस्थानहरूलाई सुधारका लागि विशेष कार्यदल बनाएको छ । धराशायी अवस्थामा सञ्चालित सार्वजनिक संस्थाहरूको सुधारका लागि सरकारले यसअघि धेरै लगानी उपलब्ध गराउँदा र ऋणको व्यवस्था गर्दा पनि अपेक्षाकृत रूपमा माथि उठ्न नसकेको भन्दै अर्थ मन्त्रालयले यस्ता धराशायी सार्वजनिक संस्थान सुधारका लागि विशेष कार्यदल बनाएर अघि बढ्ने प्रक्रिया थालनी गरेको हो ।
नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसीएसनको अध्यक्षमा नानीराज घिमिरे निर्वाचित भएका छन् । एसोसीएसनको २०औं वाार्षिक साधारण सभामा उनका प्रतिस्पर्धी रामकृष्ण प्रसार्इंलाई उछिन्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् ।
सरकारले पहिलो पटक घरजग्गाको मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार पहिलोपटक यसरी घरजग्गाको मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमकाबीच सो प्रतिवेदन सार्वजनिक गरेका हुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको बिकास र प्रर्वद्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारबाट काठमाडौंमा सुरु भएको १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउदै आएको हस्तकला क्षेत्रको विकास र प्रर्वद्धनका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।
निजी क्षेत्रका विभिन्न छाता संस्थाहरुले संयुक्त रुपमा हाल बैंकको व्याजदर बढी भएर समस्या उत्पन्न भएको भन्दै समाधानकालागि नेपाल राष्ट्र बैंकले सहजिकरण गरिदिनुपर्ने बताएका छन । उनीहरुले यस्तो समस्या समाधानकालागि राष्ट्र बैंकले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरुले बिहीबार यस्तो बताएका हुन् ।
चालु आर्थिक वर्षको पछिल्लो ४ महिनामा नेपालमा २३ अर्ब बढीको वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०७८ / ७९ को वितेको चार महिना गत साउन महिनादेखि कात्तिक महिनासम्म विभिन्न ११० परियोजना मार्फत २३ अर्ब ८२ करोड २ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन् । बुधबार दशौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताएका हुन् ।
सम्झौता अनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको मंगलबार बसेको वैठकले बुधबारदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा नयाँबानेश्वर काठमाडौँस्थित भैरव कन्स्ट्रक्शन कम्पनीलाई आगामी दुई वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
आन्तरिक राजश्व विभागले विभिन्न १५ विधामा मुलुकलाई बढी कर तिर्ने करदाताहरुलाई सम्मानित गरेको छ । दशौँ राष्ट्रिय कर दिवसको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले यसरी सम्मानित हुने करदाताहरुलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
नक्कली स्टिकरको कारोबार गर्ने दुई डिष्टिलरी विरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले मंगलबार क्रिष्टल बोटलर्स प्रालि र माउन्ट एभरेष्ट डिष्टीलरी प्रालि विरुद्ध मुद्दा दायर गरेको हो । राजश्व छलिमा संलग्न यी मदिरा कम्पनीले भारतबाट नक्कली अन्तःशुल्क स्टिकर ल्याएर प्रयोग गर्ने गरेको अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ ।
सरकार राजश्व संकलनको लक्ष्य भेटाउन असफल भएको छ । गत आर्थिक वर्षमा लिएको राजश्व संकलनको लक्ष्यमा सरकार असफल भएको हो । गत आर्थिक वर्ष २०७७/ ७८ मा कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा कुल ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको हो ।
नेपाल हस्तकला महासंघले आगामी ३ मंसिर देखि ५ मंसिरसम्म हुने १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरि नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौको वौद्धस्थित ह्यात रिजेन्सी होटलमा हुने सो मेलाको सबै तयारी पूरा भएको जानकारी गराईएको हो ।