२९ असार /अर्थ र व्यापार – प्रतिनिधि सभाका सांसद कृष्णप्रसाद दाहालले कोरोना विमा वापतको रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दाहालले यस्तो माग गरेका हुन । उनले कोरोना विमा गरेकाहरुको अहिलेसम्म भुक्तानी नहुनु निकै लज्जास्पद विषय रहेको बताए ।
यसैगरि, उनले स्वास्थ्य बिमा वापतको रकम पनि भुक्तानी गर्न सरकारसँग माग गरे। दाहालले भने, ’हतियार किन्न सरकार लालयीत छ । कोरोना बापतको रकम तत्काल भुक्तानी गरियोस ।
स्वास्थ्य विमा वापतको रकम तत्काल भुक्तनी गरियोस।’ उनले हतियार किन्न तम्सीएको सरकारले अब जतिसक्दो छिटो कोरोना दावी भूक्तानी रकम सम्बन्धीत विमा कम्पनीहरुलाई बुझाउनुपर्छ । नत्र अवस्था निकै जटिल हुन सक्छ ।
तपाईको प्रतिक्रिया