अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा कर नीतिमा आमूल हुने बताएका छन् । आइतबार राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन ।
भृकुटीमण्डपमा शुक्रबारदेखि सञ्चालित जुत्ताचप्पल व्यापार मेलामा अवलोकनकर्ताको भीड लागेको छ । नेपाल फुटवेयर्स म्यानुफेक्चर्स एसोसिएसनको आयोजनामा सञ्चालित मेलामा विभिन्न ब्रान्डका स्वदेशी जुक्ता चप्पलहरू सर्वसुलभ मूल्यमा बिक्री भइरहेको छ ।
ढाका कपडा र यसबाट बनेका वस्तुहरूको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरूको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी २ देखि ४ पुससम्म काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा सो प्रर्दशनी र सम्मेलन हुन लागेको हो ।
नेपाल आयल निगमले प्रति लिटर जम्मा ८३ रुपैयाँमा किनेको पेट्रोल हाल १३६ रुपैयाँमा बेच्दा पनि अझै घाटा देखाएर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको छ । निगमले आफुलाई घाटा भएको भन्दै गत बुधबार सबै प्रकारका पेट्रोलियम पदाथ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास) को मूल्य बढाएको छ ।
नेपाल राष्ट्र बैंकले आगामी मंसिर पहिलो साता चालू आर्थिक वर्ष २०७८/ ७९ का लागि जारी गरिएको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ । राष्ट्र बैैंकले गत २९ साउनमा ल्याएको चालू आवको मौद्रिक नीतिको समीक्षा गर्न अहिले राष्ट्र बैंकले आवश्यक तयारीलाई तिब्र बनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकको अधिकार क्षेत्रमाथिको हस्तक्षेपलाई निरन्तरता दिएका छन् । अर्थमन्त्री शर्माले बैंकिङ क्षेत्रको तरलताको विषयलाई लिएर २७ वटै बैंकका कार्यकारी प्रमुखहरूलाई (आज) शुक्रबार भेट्ने गरी बोलाएका हुन् ।
सरकारले कोरोना महामारिका कारण रोजगारी गुमाएका अति विपन्न परिवारलाई १० हजार रुपैयाँ नगद अनुदान लिनका लागि निवेदन दिन आग्रह गरेको छ । अर्थ मन्त्रालयले बिहीबार सूचना निकालेर आगामी १५ दिनभित्र आवेदन दिन यस्तो आग्रह गरेको हो ।
आगामी शुक्रबारदेखि एफम्यान फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपाल को आयोजनामा फुटवेयर एक्सपो हुन लागेको हो । आयोजक समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
विभिन्न २७ वटा वाणिज्य बैंकहरुसँग ४९ अर्ब ३१ करोड ७० लाख रुपैयाँ खराब कर्जा देखिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार विभिन्न २७ वटा वाणिज्य बैंकहरुसँग यतिधेरै रकमको खराब कर्जा देखिएको हो । चालु आर्थिक वर्ष २०७८/ ७९ को वितेका तीन महिना असोज मसान्तसम्मको तथ्यांक अनुसार यि वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी खराब कर्जा सरकारी लगानी रहेको बैंकका बैंकहरुको नै देखिएको छ ।
पछिल्लो समय मुलुकको हरेक क्षेत्रमा परनिर्भरता बढेसँगै यसपालीको तिहारमा करिब डेढ अर्ब रुपैयाँ भन्दाबढीको भाईमसला आयात भएको छ । हिन्दु धर्म मान्ने नेपालीको दसैंपछिको दोस्रो ठुलो महानचार्ड तिहारमा दिदी–बहिनीले आफ्ना दाजुभाईलाई दिने भाईमसलाको आयात यसपाली ह्वात्तै बढेको भन्सार विभागले जनाएको छ ।
विशेष आर्थिक क्षेत्र (सेज)मा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने भएको छ । सरकारले मुलुकभित्र उद्योग प्रवद्र्धनगरी निर्यात बढाउन सेजको अवधारणा ल्याएको हो । सेजमा उर्जामुलुक उद्योग, उत्पादनमुलक उद्योग, कृषिजन्य उत्पादन , वनपैदवारसँग सम्बन्धित उद्योग, खानी उद्योग, सूचना तथा प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग र सेवामुलक उद्योग खोल्न सकिने प्रावधान छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अब निर्माण व्यवसायीमैत्री ऐन नियम जारी नभए महासंघ संघर्षमा उत्रने बताएका छन । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिको दशौं साधारण भेलालाई राजधानीमा सम्बोधन गर्दै महासंका केन्द्रिय अध्यक्ष सिंहले यस्तो बताएका हुन ।
सरकारले लामो समयसम्म नवीकरण नभएका कम्पनी नवीकरणमा छुुट दिएसँगै विदेशमा भएकाले समेत कम्पनी नवीकरण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत आगामी पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था गरेसँगै कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी नवीकरण गर्नेको भिड लागेको छ ।
चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका तीन महिनामा ४ अर्ब ८ करोड रूपैयाँभन्दा बढीको ल्यापटप नेपाल भित्रिएको छ । गत आवको तुलनामा चालू आवको सो अवधिमा ल्यापटप तथा नोटबुकको आयात दोब्बरले वृद्धि भएको छ । चालू वर्षको बितेका तीन महिनामा ल्यापटपको आयात १६१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा यो आवको सो अवधिमा ल्यापटप आयात २ अर्ब रूपैयाँभन्दा बढीको भएको भन्सार विभागले जनाएको छ ।
बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर लगाइने सहमति भएको छ । विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूबीच ठूला व्यवसाय अर्थात बहुर्राष्ट्रिय कम्पनीहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने सहमति भएको हो ।
नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डले सरकारसँग हाल संसद्मा संशोधनका लागि दर्ता भएको सार्वजनिक खरिद ऐन–२०६३ र मस्यौदाको रूपमा रहेको निर्माण व्यवसाय ऐन–२०५५ लगायतका निर्माणसँग सम्बन्धित कानुनहरू निर्माण क्षेत्रमैत्री हुनेगरी संशोधन गर्न आग्रह गरेका छन् ।
विद्युतीय माध्यमबाट कर तिरिएको राजस्वको भौचर संशोधन गर्ने समयावधि एक महिनाकालागि थप भएको छ ।
निर्जीवन बिमाको प्रिमियम बढाएर न्यूनतम सीमा तोकिएको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । बिमा समितिले गत ६ असोजमा सबै निर्जीवन बीमा कम्पनीकालागि जारी गरेको गैर शुल्क बिमा व्यवसायका लागि न्यूनतम प्रिमियद दरसम्बन्धी परिपत्रबाट निर्जीवन बिमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकेको थियो । सो कार्यको महासंघले आपत्ति जनाउँदै विरोध गरेको हो ।
चालू आर्थिक वर्ष २०७८ / ७९ को वितेका तीन महिना साउनदेखि असोजमसान्तसम्ममा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेकामा चालू आवको सोही अवधीमा ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
कोरोना महामारिको कहर विस्तारै कमहुँदै मुलुकको आर्थिक गतिविधी चलायमान भएसँगै निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७८÷०८९ को वितेका तीन महिनामै ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम उठाएका छन । चालु आवको पहिलो त्रैमासमा हाल सञ्चालित विभिन्न २० वटा निर्जीवन बीमा कम्पनीले गत साउन, भदौ र असोज मसान्तसम्ममा कूल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोल्लिटबीच छलफल भएको छ। अर्थ मन्त्रालयमा भएको सो छलफलमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको छ ।
विगत केही दिन यता परेको बेमौसमी वर्षा र बाडीका कारण मुलुकभरको धानखेतीमा गरि करिब ५ अर्ब रुपैयाँ बराबरको धानबाली क्षति भएको छ । कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रारम्भिक अध्ययन अनुसार अहिलेसम्म करित्र साढे ४ अर्ब रुपैयाँको धानबाली र ३२ करोड रुपैयाँ बढीको नगदेवालीमा क्षेति पुगेको हो ।
भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै पूर्ण सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलित भएका छन् । नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अगुवाइमा सुरु भएको आन्दोलनले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई तीन दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने कानून निर्माणका लागि सार्वजनिक खरिद ऐन र निर्माण व्यवसायी ऐन समय सापेक्ष रूपमा पुर्नलेखन हुनुपर्ने बताएकी छिन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन ।
लगानी बोर्डको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्डको बैठकले सो निर्णय गरेको हो ।