१५ जेठ /अर्थ र व्यापार – सरकारले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन । उनले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने जानकारी दिए । यसैगरि, सरकारले बजेट मार्फत हदबन्दीसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिने बताए ।
तपाईको प्रतिक्रिया