अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।
पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तको संशोधित व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले जनाएका छन् ।
निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा अहिले बल्जिएको विधान संशोधनको बिबाद विस्तारै टुंगो लाग्ने भएको छ ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई झुक्याएर बीमा गर्न आकर्षित गर्ने खालका विज्ञापन नगर्न निर्देशन दिएका छन् ।
विकास निर्माणको सिजनमै सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ । गत मंसिरमा फलामे डण्डीको मूल्य बढेपनि पुस लागेपछि भने डन्डी र सिमेन्टको बजार भाउ केही घटेको सम्बन्धीत सरोकारवाला तथा व्यवसायीहरुले बताएका छन ।
नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य श्रेष्ठ पुनः फेल्ट उत्पाक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’ को संज्ञा दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पूँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्रम छर्न खोजिएको बताए ।
चालु आर्थिक वर्षको वितेका साढे चार महिनामा २९ अर्ब ८५ करोड रुपैयाँको वैदेशिक लगानी भित्रिएको छ । सो लगानी चालु आवको वितेका चार महिना गत १५ मंसिरसम्मको हो । यस अवधीमा भएको कुल विदेशी लगानीमध्ये चीनको हिस्सा सबैभन्दा धेरै देखिएको छ ।
नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ । भन्सारमा दाखिला गर्नुपर्ने सबै प्रकारका महशुलको विद्युतीय भुक्तानी गर्नका लागि तयार गरिएको प्रणालीको परीक्षण थालिएको हो ।
निजी क्षेत्रको संघीय प्रतिनिीधमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ विधानको प्रस्तावित सुझावलाई लिएर अहिले महासंघमा आबद्ध व्यवसायीबीच पुनः विवाद सुरु भएको छ । विगत केही वर्षअघि पनि महासंघमा यस्तै विधान संशोधनका बारेमा निकै चर्को विवाद र बहस भएको थियो ।
उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । यहाँस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल(सीएमसी) ले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो ।
अहिलेसम्म पुँजीगत (विकास) खर्च निरासाजनक बन्दै गएपछि अर्थ मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग ताकेता शुरु गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अर्थ मन्त्रालयमा सरोकारवाला विकासे मन्त्रालयका मन्त्रीहरुलाई छलफलमा बोलाएर पूँजीगत खर्च बढाउन यस्तो ताकेता गरेका हुन् ।
निजी क्षेत्रको संघिय प्रतिनीधिमुलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ विधानको प्रस्तावित सुझावलाई लिएर अहिले महासंघमा आवद्ध व्यवसायीबीच भुकम्प नै गएको छ । महासंघको विधान संशोधन समितिले बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद हटाउन सुझाव दिएपछि अहिले महासंघमा भुकम्प नै गएझै अवस्था आइलागेको छ ।
निजी क्षेत्रको संघिय प्रतिनीधिमुलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद हटाउन सुझाव दिएको छ । महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी संयोजकत्वको समितिले यस्तो सुझाव दिएको हो ।
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम(नेप्स)को संचालक समितीको अध्यक्षमा रविनकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । कम्पनीको आठौं वार्षिक साधरणसभाबाट नेपाल अध्यक्षमा चयन भएका हुन् ।
चालु आर्थिक वर्षको वितेका चारमहिनाको अवधी कात्तिकमसान्तसम्ममा पनि रेमिट्यान्स (विप्रेषण आप्रबाह) मा गिरावट आउने क्रमले निरन्तरता पाएको छ । गत कात्तिक महिनामा रेमिट्यान्स आप्रवाह दर ७ दशमलब ५ प्रतिशतले घटेको छ ।
नेपाल हस्तकला महासंघ ५० औं वर्षमा प्रवेश गरेको छ । महासंघले स्वर्ण महोत्वस बर्षभरी विभिन्न प्रवद्र्धनमुलक कार्यक्रम आयोजना गरी मनाउने घोषणा गरेको छ । मंगलबार काठमाडौंमा आयोजित स्वर्ण महोत्सवको घोषणा, १० औंं हस्तकला दिवस तथा हस्तकला वर्ष सन् २०२१ को समापन कार्यक्रममा उपराष्टपति नन्दबहादुर पुनले महासंघको स्वर्ण महोत्सव शुभारम्भ भएको घोषणा गरेका हुन ।
महानगरपालिकाले धेरै पटक ताकेता गरेपछि अहिले धमाधम बक्यौता कर उठ्न थालेको छ । कडा चेतावनी सहित गरिएको ताकेतापछि अहिले ६ करोड ८ लाख रुपैयाँ भन्दा बढी पुरानो बक्यौता रकम असुल गरेको महानगरपालिकाले जनाएको छ ।
बीमा समितिले आफ्नै नयाँ कार्यालय भवन बनाउन सुरु गरेको छ । सोमबार समितिको कुपण्डोलस्थित जग्गामा बनाउन लागिएको सो भवनको शिलान्यास अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन । सो कार्यक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पनि सहभागीता रहेको थियो । यसैगरि, नयाँ कार्यालय भवन शिलान्यास कार्यक्रममा नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका निमित्त कार्यकारी निर्देशक निरज गिरी, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनाली लगायतको उपस्थिति थियो ।
अर्थमन्त्री जनार्दन शर्मा, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातमा कडाई गर्नुपर्ने साझा धारणा राखेका छन् । अर्थसमितिमा भएको छलफलमा अर्थमन्त्री लगायत तीनै जनाले यस्तो धारणा राखेका हुन ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजनिक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताएकी छन । चौधौँ राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री झाँक्रीले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी रहेको बताईन ।
धादिङमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत पुगेको छ । र्मस्याङदी –स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ को स्वीचिङ स्टेसनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको सो उद्योगकका उप महाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए ।
राजश्व अनुसन्धान विभागले कवाड सप्लायर्स व्यापारीमाथि झन्डै ४५ करोडको मुद्दा दायर गरेको छ । आफ्नो अनुगमन तथा निगरानीलाई तिब्र बनाएको विभागले अर्कै कम्पनीको नाममा सामान खरिद गरि २२ करोड भन्दाबढी रुपैयाँ राजश्व छल्ने कबाडी व्यापारीमाथि झन्डै ४५ करोड रुपैयाँको मुद्दा दायर गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघले करमा रहेका नीतिगत एवं व्यवहारिक कठिनाइ हटाएर सरल बनाउन सरकारसँग माग गरेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई महासंघको प्रतिनिधिमण्डलले भेटेको थियो ।
आन्तरिक राजस्व विभागले आफ्नो नयाँ व्यवस्थाबारे करदातालाई जानकारि गराउँदै अब स्रोतमै करकट्टी गर्नुपर्ने व्यवस्थामा विपरित जसको नाममा कर कटाइएको हो, सो करदाताको खातामा इटीडीएस गरेकै हुनुपर्ने व्यवस्था लागू भएको बताएको छ ।