logo

अबदेखि दुईथरी ब्याजदरको व्यवस्था

व्यापार,घरजग्गा र सेयर कर्जा महँगो, उद्योग र कृषिमा राहत

    892   पटक पढिएको

५ साउन/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले अबदेखि दुईथरी ब्याजदरको व्यवस्था गर्न लागेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुईथरी ब्याजको व्यवस्था गर्न लागेको हो ।
पछिल्लो समय मुलुकमा देखिएको बढ्दो आयातालाई निरुत्साहित गर्न पुँजीगत वस्तुबाहेकको आयात गर्दा नै ब्याजदरलाई दुईथरी बनाइने राष्ट्र बैंकले जनाएको छ । एलसी खोल्दा नै पुँजीगत वस्तुका लागि ब्याजदर कम हुने व्यवस्था गरिनेछ भने अन्य वस्तु आयातमा ब्याजदर उच्च बनाइने छ ।
पछिल्लो समय अत्यावश्यक मानिएका खाद्यान्न र कतिपय अनावश्यक वस्तुको पनि आयात बढेको भन्दै त्यसलाई निरुत्साहन गर्न पुँजीगत वस्तुको आयात र अन्य वस्तुको आयातमा कम्तिमा २ प्रतिशत बिन्दुले ब्याज फरक हुने व्यवस्था मौद्रिक नीतिमार्फत गर्न लागिएको हो।
कतिपय उद्योगी व्यवसायीले समेत उद्योग र अन्य क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने र औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने माग गर्दै आएका छन् । मुलुकको आवश्यकता, औद्योगिक क्षेत्रको विस्तार र कृषि उत्पादनमा आत्मनिर्भर हुन व्यापक लगानी प्रोत्साहन गर्नुपर्ने भएकाले अन्य क्षेत्रको ब्याजदर बढाएर भए पनि यी क्षेत्रमा ब्याज कम बनाउनुपर्ने दबाबमा केन्द्रीय बैंक थियो ।
व्यापार, घरजग्गा कर्जा र सेयर धितो कर्जालाई निरुत्साहन गर्न पनि ब्याजदर बढाउनै पर्ने बाध्यतामा राष्ट्र बैंक थियो । विगतदेखि नै हरेक सरकार, अर्थमन्त्री र गभर्नरहरुले ब्याजदर हेरफेर गर्ने भने पनि कसैले दुई थरी ब्याजको आँट गर्न सकेका थिएनन् ।
राष्ट्र बैंक स्रोतका अनुसार कृषि, उद्योग, साना तथा मझौला उद्यम, पुँजीगत आयात लगायतमा आधारदरमा अधिकतम २ प्रतिशत र व्यापार, घरजग्गा कर्जा, अधिविकर्ष (ओभर ड्राफ्ट) सेयर धितो कर्जा दिँदा आधार व्याजदरमा न्यूनतम ४ प्रतिशत प्रिमियमबाट कर्जाको ब्याजदर सुरु हुने गरी केन्द्रीय बैंकले नीति अघि सारेको हो ।
हाल बैंक तथा वित्तीय संस्थाहरुले साना कर्जालाई कस्दै ठूला कर्जालाई (जुनसुकै क्षेत्रमा भए पनि) खुला गरिरहेका छन् । यसअघि इन्धन सवारीसाधन र विद्युतीय सवारीसाधनमा बैंकहरुले दुईथरी ब्याज लगाउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।