५ साउन/अर्थ र व्यापार – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्रालयभित्र अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुन: ७ दिन थप भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले सो समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । त्यसलाई बैठकले अनुमोदन गगरिदिएको हो ।
तपाईको प्रतिक्रिया