logo

दुईपटकसम्म खरिद मुल्य घटेपनि निगमले इन्धनको भाउ घटाएन

अझै पुरानो ऋण तिर्न बाँकी रहेकाले मूल्य घटाउँदैनौं: निगम

    1003   पटक पढिएको

१९ साउन/अर्थ र व्यापार – पछिल्लो समय लगातार दुईपटकसम्म खरिद मुल्य घटेपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छैन ।
भारतीय आयल निगमले खरिद मूल्यमा दुई पटकसम्म घटाएर पठाएपनि अझै पुरानो ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेको भन्दै बढेको बेला हतारमा बढाईहाल्ने र यसरी घटेको बेला नघटाएर उपभोत्तामाथी अन्याय गर्ने निगमले स्वचालित मूल्य समायोजन प्रणाली अनुसार अझै मुल्य नघटाउने बताएको हो ।
निगमले विज्ञप्ति जारी गर्दै हाल पेट्रोल, मट्टितेल र हवाई इन्धनमा खरिद मुल्य केही घटेर आएकाले सामान्य नाफा भए पनि अझै नेपाल सरकारबाट लिएको पुरानो ऋण र इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई बक्यौता भुक्तानी गर्नुपर्ने पुरानो रकम तिनुपर्ने भएकाले मूल्य समायोजन नहुने जनाएको हो ।
आइओसीबाट अहिले प्राप्त पछिल्लो नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ भाउ घटेको छ । उताबाट ल्याउने क्रममा नै प्रतिलिटर यतिधेरै मुल्य घटेपनि यहाँका उपभोक्तालाई भाउ नघटाएर निगमले गलत काम गरेको आम उपभोक्ता अधिकारकर्मीहरुको भनाई छ ।

लगातार दुईपटकसम्म खरिद मुल्य घटेर आएकाले हाल प्रतिलिटर पेट्रोलमा निगमलाई दुई रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर ९ रुपैयाँ ३७ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर चारसय ९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । निगमलाई मट्टितेल र हवाई इन्धनमा भने १५ दिनअघि घटेर आएको भाउमा नै नाफा रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।