logo

औद्योगिक क्षेत्रको भाडा बृद्धिले व्यवसायीलाई समस्या:निजी क्षेत्र

    1129   पटक पढिएको

१२ साउन/अर्थ र व्यापार – औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको भाडा ७०० प्रतिशतसम्मले वृद्धि गर्दा उद्योगी समस्यामा परेको भन्दै उद्योगीहरुले छलफल थालेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघकाबीच भएको छलफलमा यस्तो विषय प्राथमिकतामा राखिएको थियो ।
महासंघ सचिवालयमा मुलुकका औद्योगिक क्षेत्रभित्र संचालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा भएको छलफलमा जग्गाको उपलब्धताको विषयमा पनि परेको छ ।
छलफलमा औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरीरहेका जमिनको अप्रत्यासित भाडा वृद्धि, विद्युत डिमाण्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र वृहद औद्योगिक सम्मेलन लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिको गत २२ असारको निर्णयबाट ४ वर्ष अघिदेखि लागूगर्ने भनि ७ सय प्रतिशतसम्म भाडा वृद्धिगरी बील बिजक औद्योगिक क्षेत्रभित्रका उद्योगहरूलाई पठाएपछि औद्योगिक क्षेत्रभित्रका उद्योगहरू समस्यामा परेको विषयमा छलफल भएको महासंघले जनाएको छ ।
लिमिटेड अन्तरगतका १० वटा औद्योगिक क्षेत्रमा सरोकारवालाहरूसंग छलफल तथा परामर्श नै नगरी भाडा बृद्धिगरी पत्र पठाएको फिनीकातर्फबाट जानकारी गराइएको थियो । पछिल्लो पटक राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिका कारण चल्नै नसक्ने अवस्थामा पुुगेका उद्योगहरूलाई आपसी सहमतीका माध्यमबाट भाडा वृद्धि गर्नुको साटो एकतर्फी रूपमा गरिएको भाडा वृद्धिले मुलुकको समग्र औद्योगिक विकासमा प्रतिकुल असरपर्ने चिन्ताका सम्बन्धमा छलफलमा भएको थियो ।
औद्योगिक क्षेत्रभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउने भन्दा पनि भएका जग्गा भवन भाडामा लगाएर आयआर्जन गर्ने प्रवृत्ति देखिएको भन्दै छलफलमा चिन्ता व्यक्त गरिएको थियो ।
त्यसैगरी, औद्योगिक क्षेत्र भित्रका उद्योगहरूलाई ५० प्रतिशतभन्दा बढी विद्युत डिमाण्ड शुल्क लिइएको, पानीको सहज आपूर्तिको व्यवस्था नभएको, औद्योगिक क्षेत्र भित्रका भौतिक संरचनाहरू पुनरनिर्माण गरी प्रयोग गर्न योग्य बनाउने तर्फ पहल नभएको लगायतमा गुनासो फिनीले राखेको थियो । आफुहरुले उठाएका मुद्दामा साथ दिन महासंघलाई फिनीले आग्रह गरेको थियो ।
महासंघका अध्यक्ष शेखर गोल्छाले फिनीले उठाएका मुद्धाहरु जायज रहेको बताएका थिए । कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत दिई काम गर्न सक्ने वातावरण बनाउनुुपर्नेमा उल्टो हतोत्साहित बनाउने निर्णय गरिनु चिन्ताजनक विषय भएको उनको भनाई थियो ।
भाडा वृद्धिको निर्णय समय र विषयका हिसावले समेत गलत रहेको बताउँदै गोल्छाले जग्गा र भवन भाडामा लगाएर राजस्व उठाउने प्रवृत्तिनै सही नभएको दाबी गरे । ‘तपाईहरूका जायज माग पुरा गराउने सम्बन्धमा महासंघको पनि साथ रहन्छ’ अध्यक्ष गोल्छाले संघका पदाधिकारीलाई भने ।
संघका अध्यक्ष रामहिरा पाठकले दुवै महासंघले मुलुकभित्र औद्योगिक वातावरण बनाउने विषयमा एउटै स्वर र अवधारणामा जानुुपर्ने र आफ्नो संस्थाले उठाएका मुद्दामा महासंघको पूर्ण सहयोग पाउने आशा आफूहरूले गरेको बताएका थिए । सो भेटका क्रममा संघका अध्यक्ष पाठकले संघकातर्फबाट उठाइएका मुद्दाहरुको दस्तावेज महासंघका अध्यक्ष गोल्छालाई हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।