logo

चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँ सहयोग गर्ने

एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध

    822   पटक पढिएको

२६ साउन/अर्थ र व्यापार – चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ ।
चिनले बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
चीनका विदेश मन्त्री वाङ यीले चिन भ्रमणमा रहेका नेपालका परराष्ट्र मन्त्री नारायण खड्कासँगको द्विपक्षीय वार्तामा चिनले यस्तो बताएका हुन ।

सो वार्तामा उनले आर्थिक सहयोगका साथै रेलमार्ग निर्माण लगायत अन्य महत्त्वपूर्ण विषयहरुमा सहयोग लिने वाचा गरे । उनले नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने बताएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । 
उनीहरुबीच चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा करिब दुई घन्टा द्विपक्षीय वार्ता चलेको थियो । परराष्ट्रमन्त्री खड्काले आफ्ना समकक्षीलाई भेटेर एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको बताए । 

केरुङ र तातोपानी नाका दुईतर्फी र हिल्सा-पुलाङ नाका एकतर्फी रुपमा खुला गर्न पनि दुई देशका परराष्ट्रमन्त्री सहमत भएका छन् । यसरी नाका खोल्दा सीमामा महामारी रोकथामको संयन्त्र स्थापना गर्ने सहमति छ ।
चीनले प्राकृतिक विपति्तमा परेका नेपालीहरुका लागि ३ मिलियन आरएमबी बराबरको राहत सामाग्री तथा २ मिलियन आरएमबी बराबर मेडिकल सामाग्री दिने भएको छ । विदेशमन्त्री वाङले नेपालको आग्रह गरे कोरोनाविरुद्धको खोप र स्वास्थ्य सहयोग दिन तयार रहेको बताए ।


बेइजिङस्थित नेपाली दूताबासका अनुसार विदेशमन्त्री वाङले ब्लड क्यान्सरको विरामीको उपचारका लागि ‘सीएआर टी सेल’ उत्पादन ल्याब्रेटोरी सिभिल अस्पतालमा स्थापना गर्न सहयता प्रदान गर्ने घोषणा समेत गरे । आफ्नो अध्ययन पुरा गर्न चीन फर्किन चाहेका नेपाली विद्यार्थीहरुले स्वास्थ्य मापदण्ड पुरा गरेर भिसा प्रक्रिया अघि बढाउनसक्ने समेत उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।