logo

एकवर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात

    1126   पटक पढिएको

९ साउन/अर्थ र व्यापार – एकवर्षमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को १२ महिनाको अवधीमा नेपालले यतिधेरै बस्तु तथा सामानहरु आयात गरेको हो यो अहिलेसम्मकै नयाँ रेकर्ड भएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको सामान आयात भएसँगै नयाँ रेकर्ड कायम भएको हो । अघिल्ले वर्ष सोही अवधिमा १५ खर्ब ३९ अर्ब रकम बराबरको बस्तु आयात भएको थियो ।
भन्सार विभागका अनुसार गत वर्षको १२ महिनाको अवधिमा १९ खर्ब २० अर्ब बढीको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार नेपालले १२ महिनाको अवधिमै १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ आयात हुँदा २ खर्ब अर्बको वस्तु निर्यात भएको बताएको छ ।
अधिल्लो वर्ष सोही अवधिमा १ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा नेपालको आयात २४.७२ प्रतिशतले बढेको छ । यसैगरि, ४१.७४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।
गत वर्ष सरकारले आयात उच्च भएको भन्दै विभिन्न वस्तुको आयातमा प्रतिबन्ध गरेपनि अझै आयात रोकिएको छैन । नेपाल राष्ट्र बैंकले ४७ वटा वस्तुको आयातमा प्रतिपत्र (एलसी) को व्यवस्था गरेको छ । सो व्यवस्था गरे पनि आयातमा कुनै कमी देखिँदैन ।
नेपालले आयात गरेको वस्तुको तुलनामा निर्यातको हिस्सा निकै कमजोर रहेको छ । त्यसैले, अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।