logo

धितोपत्र बोर्डले सि–आस्बा शुल्क घटाउने ,बैंक वित्त र ब्रोकर कम्पनीलाई झट्का

    1453   पटक पढिएको

३ असार /अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले सि–आस्बा शुल्क घटाउन भनेपछि सि–आस्बामार्फत मोटो शुल्क असुल्दै आएका बैंक वित्त र ब्रोकर कम्पनीलाई झट्का लाग्ने भएको छ ।
धितोपत्र बोर्डको आन्तरिक रूपमा गठन गरेको अध्ययन समितिले ब्रोकर कमिसन र सि–आस्बा शुल्क घटाउन निष्कर्ष निकालेपछि मोटो शुल्क असुल्दै आएका बैंक वित्त र ब्रोकर कम्पनीलाई झट्का लाग्ने अवस्था देखिएको हो ।
अध्ययन समितिले ब्रोकर कम्पनीले लिँदै आएको कमिसन र सि–आस्बा सेवा प्रदान गर्ने कम्पनीले सेवा बापतको शुल्क बढी भएको निष्कर्ष निकालेको बोर्डका एक अधिकारीले जानकारि दिए ।
उनका अनुसार अध्ययन समितिले आस्बा शुल्क र ब्रोकर कमिसन घटाउनुपर्ने निष्कर्षसहितको डाफ्ड बोर्डमा पेस गरेको छ । अहिले अध्ययन समितिले बोर्डमा डाफ्ट पेस गरेको बताउदै उनले भने, ‘अबको एक÷दुई दिनमा अध्ययन समितिले बोर्डमा प्रतिवेदन पेस गर्नेछ ।’ उनले प्रतिवेदन बोर्डबाट पासभएपछि ब्रोकर कमिसन र सि–आस्बा शुल्क घटाइने बताए ।
हाल सि–आस्बा प्रदान गर्दै आएका २७ वाणिज्य बैंकमध्येका नबिल, एनआईसी एसिया र वाणिज्य बैंक सि–आस्बा बापतको शुल्क लिने गरेका छैनन् । अन्य २४ वाणिज्य बैंकले आस्बा शुल्कबापत मोटो रकम असुल्दै आएका छन् । स्टान्डर्ड चार्टर्ड बैंकले त एक कम्पनीको प्राथमिक निष्कासन ‘आईपीओ’ भरेबापत १ सय रुपैयाँ शुल्क लिन्छ ।
त्यस्तै अधिकांश बैंकले २० रुपैयाँदेखि २५ रुपैयाँ लिन्छन् भने केही बैंकहरुले १० रुपैयाँदेखि १५ रुपैयाँ शुल्क लिँदै आइरहेका छन् । एकातिर आईपीओ नपर्ने र अर्कोतिर बैंकहरुले लिने शुल्क चर्को हुन थालेपछि लगानीकर्ताले आईपीओसमेत भर्न छोडेका छन् । करिब ३÷४ महिनाअघि २६ लाखसम्मले आईपीओ भर्ने गरेका थिए । अहिले निष्कासन भइरहेको आईपीओमा करिब १५ लाख आवेदकले मात्र आईपीओ भर्न थालेका छन् ।
सेयरबजारमा सेयर खरिदबिक्री कार्यलाई नै सेयर कारोबार भनिन्छ । यसो गर्दा केही शुल्क तिर्नुपर्छ । लगानीकर्ताले ५० हजारसम्मको सेयर कारोबार (खरिदबिक्री) गर्दा ०.३७ प्रतिशत शुल्क बुझाउनुपर्छ । ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्म ०.३४, २० लाखदेखि १ करोडसम्म ०.३० प्रतिशत र १ करोडमाथिको कारोबारका लागि ०.२७ प्रतिशत शुल्क लाग्छ । सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।