logo

अर्थमन्त्री प्रकरण, अर्थको गत १४ जेठको सीसीटीभी फुटेज ‘रिकभर’

    841   पटक पढिएको

१० साउन/अर्थ र व्यापार – अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गत १४ जेठको सीसीटीभी फुटेज ’रिकभर’ गरेको छ । समितिका एक सदस्यहरूका अनुसार गत १४ जेठका ५० वटा भन्दा बढी क्लिप रिकभर भएका छन् ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट सार्वजनिक हुने अघिल्लो दिन १४ जेठको राती करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ । बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा संसदीय विशेष छानबिन समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न नसकेपछि प्रहरीसँग यो सहयोग मागेको थियो ।
समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि १४ जेठको फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाएको थियो । मंगलबार बिहान बसेको समितिको बैठकमा सीसीटीभी फुटेज हेरिएको समितिले जनाएको छ ।
यसअघि समिति सचिव सुरेन्द्र अर्यालले विज्ञहरू बोलाएर प्रतिवेदनको विश्लेषण गरिने बताएका थिए । समितिका एक सदस्यले भने प्राप्त भएका सीसीटीभी फुटेज प्रस्ट नभएको बताए । उनले भने, ’५०÷५५ वटा क्लिप रिकभर भएका रहेछन् । ती सबै क्लियर छैनन् ।’ मंगलबार बिहान केहीबेर बैठक बसेपछि स्थगित भएको थियो । मंगलबार बेलुका ४ बजे पुनः समितिको बैठक बस्ने बताईएको छ ।
सीमित व्यापारीलाई फाइदा पुग्ने गरी करका दर निर्धारण गरेको आरोप निवर्तमान अर्थमन्त्री शर्मामाथि लागेपछि प्रतिनिधिसभाले छानबिनकालागि विशेष समिति गठन गरेको हो । गत २२ असारमा गठन भएको समितिले २८ असारबाट काम सुरु गरेको थियो ।
पुनः म्याद थपिएको समितिले १२ साउनभित्र छानबिन गरेर संसद्लाई प्रतिवेदन दिनुपर्छ । समितिका सदस्यहरुबीच भिडियो क्लिपबारे आ–आफ्ना राजनीतिक दलका शीर्ष तहका नेताहरुसँग पनि परामर्श गर्ने अनौपचारिक सहमति भएको छ । नेताहरुसँग परामर्श गरेर बैठक बस्ने र त्यसपछि रिपोर्ट लेख्ने विशेष समितिको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।