logo

पेट्रोलियम पदार्थ ल्याउँदा प्रतिलिटर १६ रुपैयाँले घटेपनि सरकारले भाउ घटाएन

विगतको नोक्सानी थेग्न हाललाई मुल्य यथावत : निगम

    827   पटक पढिएको

२ साउन/अर्थ र व्यापार – अहिले भारतबाट पेट्रोलियम पदार्थको भाउ प्रति लिटर भारि मुल्यमा घटेर आए पनि नेपाल आयल निगमले भने यहाँका उपभोक्तालाई अझै भाउ नघटाउने भएको छ । स्वचालित प्रणाली अनुसार इन्धनको मुल्य समायोजन गर्नुपर्नेमा विगतको नोक्सानी थेग्न हाललाई घटेको आयात मुल्य नघटाएर यथावत राख्ने निणर्य गरिएको निगमले जनाएको छ ।
आइतबार निगमले विज्ञप्ति जारी गर्दै भारतले घटाएर पठाएपनि पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत राखिएको जनाएको छ । निगमलाई शनिबार मात्रै भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । अझै पनि पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा र डिजेलमा २१ रुपैयाँ ९२ पैसा घाटा रहेको भन्दै निगमले मूल्य नघटाइएको बताएसँगै अत्यधिक रुपमा बढाईएको चर्को मुल्य तिर्न बाध्य उपभोक्ता मारमा परेका छन । उपभोक्ता अधिकारकर्मीहरुले निगमको यस्तो कार्य गलत भएको बताएका छन ।
अहिले घटेर आएको मुल्य समायोजन नगरि हाललाई मुल्य यथावत गर्दा पनि समग्रमा १५ दिनको घाटा अब २ अर्ब १६ करोडमा झर्ने निगमले जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल तथा मट्टितेलको १७२ रुपैयाँ छ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब प्रतिब्यारेल १ सय डलरमा झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १२० डलर भन्दा माथि थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्ने अमेरिकी बहुराष्ट्रिय सीटी ग्रप र ओपेकको प्रक्षेपण छ । सो ग्रुपले कच्चा तेलको मूल्य २०२२ को अन्त्यसम्म घटेर ६५ डलरसम्म झर्न सक्ने अनुमान गरेको विभिन्न समाचार एजेन्सीहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।