logo

हवाई पूर्वाधार निर्माणमा १२ अर्ब २४ करोड विनियोजन ,अदालतले निर्माण रोकेको निजगढ विमानस्थल निर्माणको लागि पनि बजेट

    650   पटक पढिएको

१५ जेठ/अर्थ र व्यापार – सरकारले हवाई पूर्वाधार निर्माणका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको नयाँ आगामी आर्थिक वर्षको बजेटमार्फत आगामी वर्ष १० लाख पर्यटक भित्राउने व्यवस्था मिलाउने लगायतका कार्यक्रमका लागि सो रकम विनियोजन गरिएको जानकारी दिएका हुन । कोभिडबाट प्रभावित होटल व्यवसायलाई इजाजत र नवीकरण दस्तुर छुट दिइने उनको भनाइ छ ।
यसैगरि, सर्वोच्च अदालतले निर्माण कार्य रोक्ने आदेश दिएको निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अघि बढाउने बताए ।
सर्बोच्च अदालतले निर्माण रोकेको निजगढ विमानस्थल निर्माणको लागि सरकारले बजेट व्यवस्थापन गरेको छ । बजेटमै निजगढ विमानस्थल निर्माण गरिने छ भन्ने उल्लेख भएको हो ।
अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्य अघि बढाइनेछ’ बजेट वक्तव्यमा उनले भने ।
त्यसैगरि, गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउने पनि योजना अघि सारे । त्यस्तै, भूमि व्यवस्था सहकारी मन्त्रालयका लागि ७ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
घर जग्गा मूल्यांकन प्रणालीलाई व्यवहारिक बनाई एकीकृत घरजग्गा मूल्यांकन प्रणाली विकास गरिने उनको भनाइ छ । यसैगरि, ३०० स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा दिइने अर्थमन्त्रीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।