logo

हवाई पूर्वाधार निर्माणमा १२ अर्ब २४ करोड विनियोजन ,अदालतले निर्माण रोकेको निजगढ विमानस्थल निर्माणको लागि पनि बजेट

    1133   पटक पढिएको

१५ जेठ/अर्थ र व्यापार – सरकारले हवाई पूर्वाधार निर्माणका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको नयाँ आगामी आर्थिक वर्षको बजेटमार्फत आगामी वर्ष १० लाख पर्यटक भित्राउने व्यवस्था मिलाउने लगायतका कार्यक्रमका लागि सो रकम विनियोजन गरिएको जानकारी दिएका हुन । कोभिडबाट प्रभावित होटल व्यवसायलाई इजाजत र नवीकरण दस्तुर छुट दिइने उनको भनाइ छ ।
यसैगरि, सर्वोच्च अदालतले निर्माण कार्य रोक्ने आदेश दिएको निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अघि बढाउने बताए ।
सर्बोच्च अदालतले निर्माण रोकेको निजगढ विमानस्थल निर्माणको लागि सरकारले बजेट व्यवस्थापन गरेको छ । बजेटमै निजगढ विमानस्थल निर्माण गरिने छ भन्ने उल्लेख भएको हो ।
अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्य अघि बढाइनेछ’ बजेट वक्तव्यमा उनले भने ।
त्यसैगरि, गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउने पनि योजना अघि सारे । त्यस्तै, भूमि व्यवस्था सहकारी मन्त्रालयका लागि ७ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
घर जग्गा मूल्यांकन प्रणालीलाई व्यवहारिक बनाई एकीकृत घरजग्गा मूल्यांकन प्रणाली विकास गरिने उनको भनाइ छ । यसैगरि, ३०० स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा दिइने अर्थमन्त्रीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।