logo

सरकारले पेट्रोलियम पदार्थको १० रुपैयाँ पूर्वाधार कर हटायो

    1359   पटक पढिएको

१३ जेठ/अर्थ र व्यापार – सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रिपरिषदको बैठकले पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराएका हुन्।
मन्त्रिपरिषदबाट निर्णय भएर कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको उनले जानकारी दिए। डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बूढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ इन्धनमा कर लगाइएको थियो।
नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सरकारले ५ रुपैयाँ थपेर पूर्वाधार करभन्दै प्रतिलिटर १० रुपैयाँ बनाइएको थियो।
१० रुपैयाँ कर हटेपछि इन्धनको मूल्य १० रुपैयाँ सस्तो हुने भएको छ। नेपाल आयल निगमले १ सय १७ रुपैयाँ १८ पैसामा किनेको पेट्रोल जनतालाई १ सय ८० रुपैयाँमा बेच्दै आएको छ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटरमा १० रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यास सिलिन्डरमा दुई सय रुपैयाँ बढाएको थियो।
निजी क्षेत्र र उपभोक्ता अधिकारकर्मीहरूले समेत करमा केही कटौती गरेर इन्धनको मूल्य घटाउन माग गर्दै आएका थिए । जेठसम्म २ खर्ब ५७ अर्ब रुपैयाँको इन्धन भारतबाट आयात भएको उद्योगमन्त्री बडुले बताए । उनले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब रुपैयाँको बढीको इन्धन आयात भएको संघीय संसदको बैठकलाई जानकारी गराए ।
उनका अनुसार निगमको मासिक घाटा ६ अर्ब ७१ करोड रुपैयाँ छ । सञ्चित नोक्सान बढेर ४७ अर्ब रुपैयाँ पुगेको छ । यस्तै इन्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी) लाई अझै २२ अर्ब ४० करोड रुपैयाँ तिर्न बाँकी छ ।
अल्पकालिन र दीर्घकालिन विकल्प अर्थतन्त्रको समग्र क्षेत्रमा पारेको प्रभाव र निगमको समग्र सुधारको सम्बन्धमा कार्यसञ्चालन वित्तीय अवस्था, इन्धनको दीर्घकालिन विकल्प र विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्न उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालय, उद्योग, ऊर्जा मन्त्रालय र विज्ञ रहने गरी उच्चस्तरिय कार्यदल गठन गरेको मन्त्री बडुले जानकारी गराए । रुस–युक्रेन युद्धले इन्धनको चरम अभाव र मूल्यवृद्धिको असर नेपालमा परेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।