logo

बजेट लेखनको चटारोमा सरकार, विज्ञ समुह नारा लेख्नमा व्यस्त

आर्थिक विकास र सन्तुलित वितरणमा जोड

    629   पटक पढिएको

६ जेठ/अर्थ र व्यापार –  नयाँ बजेट सार्वजनिक हुने दिन आउन अब जम्मा ११ दिन मात्र बाँकी रहेको बेला अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक हुने बजेट लेखनको चटारोमा जुटेको छ । जसकालागि अहिले बजेट लेखनमा खटिएका विज्ञहरुको समुह बजेटका नारा लेख्नमा नै व्यस्त छन ।
आगामी १५ जेठमा संसद्मा प्रस्तुत हुने बजेटको सिलिङ झन्डै साढे १७ खर्ब रुपैयाँ अंक टुंगो लागेको छ । यससँगै अर्थ मन्त्रालय अहिले बजेट भाषण लेखनमा जुटेको हो । यसअघि बजेट लेखन समितिमा रहेकाहरुलाई सुझाव सहित राष्ट्रिय योजना आयोगले पनि आगामी अवको बजेटकालागि १७ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ अर्थमन्त्रालयलाई पठाएको थियो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आवको बजेटलाई जनमुखी बनाउन सक्दो प्रयास गरिएको छ । सो क्रममा बढी प्राथमिकता दिइने क्षेत्रमा आकर्षक नारा लेख्न विज्ञ समुह नै खटाइएको हो ।
आगामी बजेट निजी क्षेत्रलाई विशेष ‘फोकस’ गरि ल्याइने अर्थमन्त्री जर्नादन शर्माले बताईसकेका छन । उनले यसपालीको नयाँ बजेटमा ‘करको दर होइन दायरा बढ्छ’ भनेर निजी क्षेत्रलाई रिजाउने प्रयास गरिरहेका छन । सोही कारण अर्थमन्त्रालय स्रोतले पनि आगामी बजेट ‘कृषि, रोजगार, श्रमजस्ता क्षेत्र बजेटको प्राथमिकतामा राखेर ल्याउने बताएको छ । यस्ता क्षेत्रमा नारा लेख्न विज्ञ समुहले काम गर्दै रहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
अर्थमन्त्रालय स्रोतका अनुसार आगामी बजेटमा यस्ता नारासहित समावेश गरि अब बजेट भाषणलाई अन्तिम रुप दिने काम सुरु भएको छ । अर्थमन्त्री शर्माको सचिवालयका एक सदस्यका अनुसार पनि नयाँ बजेटलाई अन्तिम रुप दिने क्रममा मन्त्रालयमा बजेट लेखनमा खटिएको मुख्य समुह अर्थको सम्बन्धित विषय हेर्ने महाशाखा प्रमुख र आवश्यक पर्दा विभागीय मन्त्रालयका सचिव समेतलाई बोलाएर अर्थमन्त्री स्वयंले बजेट हेरिरहेका छन् ।
आगामी ‘बजेटको कुल अंक तय भइसकेको छ, अब केही कार्यक्रमहरु चल्न सक्छन्’ अर्थमन्त्रालय स्रोतले भन्यो ।
केही लोकप्रिय जनमुखी कार्यक्रम ल्याउनकालागि बजेटका बुँधाहरु चलाउँदा मन्त्रालयहरु असन्तुष्ट नबनुन् भनेर विभागीय मन्त्रालयका सचिवलाई बोलाएर बजेट फाइनल गर्ने काम भइरहेको छ अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
अर्थमन्त्रालय स्रोतका अनुसार विज्ञ समुहले सम्बन्धित विषयमा दिएका नारालाई बजेट भाषणमा राखिने छ ।
यसपालीको बजेट लेखनकालागि मुख्य समुहको नेतृत्व अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बरालले गरिरहेका छन् । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख इश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी सो समुहमा छन् ।
यस समुहले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तयार पारेको हो । त्यो मंगलबार नै संसदमा पेश भएको थियो । अझै यो बजेट लेखन समुहलाई मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र कुमार उप्रेती, राजस्व सचिव कृष्णहरी पुष्कर, अर्थसचिव मधुकुमार मरासिनी र अर्थमन्त्री शर्मा स्वयंले सहजीकरण गरिरहेका छन् । जसकालागि प्रधानमन्त्री कार्यालयबाट समेत सहजीकरण भईरहेको अर्थमन्त्रालय स्रोतले जानकारि दिएको छ ।
आगामी बजेटमा प्रधानमन्त्रीको तर्फबाट सहयोग गर्न प्रधानमन्त्री कार्यालयबाटै समेत एक समुह अर्थ मन्त्रालयमा खटिएको छ । सो समुहले समेत बजेटमा सहयोग गरेको छ । प्रधानमन्त्री स्वयंलाई समेत बजेटबारे ब्रिफिङ गर्न सुरु गर्ने तयारी अर्थ मन्त्रालयको छ । प्रधानमन्त्रीलाई बिफ्रिङ गरेपछि भने बजेट लेखनको अन्तिम चरणको काम पूरा हुने अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
यस पटक कृषि, आन्तरिक उत्पादन र गाउँ केन्द्रित कार्यक्रममा जोड दिएर बजेट आउने मन्त्रालयको दावी छ । कृषकलाई अनुदान, स्वदेशी उद्योग खोल्न प्रोत्साहन गर्दै रोजगारी सिर्जनाका कार्यक्रम बजेटमा समेटिने बताइएको छ । राष्ट्रिय योजना आयोगले दिएको सिलिङ भित्र नै रहेर आगामी आवका लागि झन्डै साढे १७ खर्ब रुपैयाँको बजेट निर्माण हुँदै छ ।
जसकालागि मंगलबारदेखि सुरु भएको बजेट अधिवेशनमा प्रतिनिधिसभा बैठकमा आव २०७९÷८० को विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी छ । सदनमा बुधबार पहिलो दिनको छलफलमा भाग लिँदै सांसदहरुले सन्तुलित विकास र आर्थिक वितरणमा जोड दिएका छन् । उनीहरुले कृषि ऊर्जा, पर्यटनलगायत क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सुझाव राख्दै मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ डो¥याउने खालको बजेटको आवश्यकता औँल्याएका छन ।
उनीहरुले बजेट निर्माण गर्दा साझा धारणाका साथ बनाउनुपर्नेमा जोड दिएका छन् । विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बुधबार १७ जना सांसदले भाग लिएका थिए ।
यसअघि मंगलबार सदनमा पेश गरिएको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामा अर्थमन्त्री शर्माले वित्तीय अनुशासन कायम गर्ने, आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य देखिएका आयोजनामा मात्र बजेट प्रस्ताव गर्ने, अनुत्पादक क्षेत्रमा सरकारी खर्च कटौती गरी मितव्ययिता कायम गरिने बताएका थिए ।
सरकारले सामाजिक न्याय, ग्रामीण विकासलाई केन्द्रमा राखेर आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने उदेस्यकासाथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । समाजवादउन्मुख अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेर सरकारले विदेशिएका युवालाई देशभित्रै रोजगारी तथा कृषिको उत्पादन वृद्धि गर्ने लक्ष्यलाई पनि बजेटको केन्द्रमा राख्ने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समावेश छ ।
आगामी बजेटको सिद्धान्त र प्राथमिकतामाथि बिहीबार पनि प्रतिनिधिसभामा छलफल जारी रहनेछ भने राष्ट्रियसभामा छलफल प्रारम्भ हुनेछ । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले कृषि उत्पादन वृद्धि गर्दै ग्रामीण विकास, ऊर्जा, पर्यटनका क्षेत्रमा बजेटले महत्वपूर्ण फड्को मार्ने विश्वास व्यक्त गरे ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद खगराज अधिकारीले सरकारले व्यापार घाटालाई बढाएर परनिर्भर भएको बताए । प्राथमिकता र सिद्धान्त आफै अलमलमा रहेको उनले औँल्याए । उनले बजेटमा प्राथमिकता दिँदा आफ्नै विशेषता रहेको पर्यटन र संस्कृतिलाई राष्ट्रिय पूँजीमा परिणत गर्नुपर्नेमा जोड दिए । सांसद अधिकारीले समन्वयायिक सिद्धान्तका आधारमा अघि बढ्नसके मात्रै समाजवाद निर्माण गर्न सकिने बताए ।
यसैगरि, नेपाली कांग्रेसका डिला संगौलाले गरिब नागरिकको जीवनमाथि उठाउने खालको बजेट आवश्यक भएको बताइन । नेकपा (माओावदी केन्द्र) का धर्मशिला चापागाईंले सांसदहरुले जतिसुकै प्राथमिकताका विषयमा जोड दिए पनि परम्परागत रूपमा बजेट निर्माण भइरहेको बताइन । यसैगरि, नेकपा (एकीकृत समाजवादी) का सांसद समिना हुसेनले कृषि विकासमा जोड दिनुपर्ने बताइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।