१५ जेठ/अर्थ र व्यापार – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत वैदेशिक लगानीको सीमा घटाएको छ । नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन । उनले वैदेशिक लगानीको सीमा घटाइएको बताए ।
हाल न्यूनतम ५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्र्याउन पाइन्थ्यो । सो सीमा घटाएर २ करोड रुपैयाँमा झारिएको हो । यसैगरि, बजेटमार्फत् सरकारले १० करोड रुपैयाँसम्मको वैदेशिक लगानी स्वचालित प्रक्रियाबाट स्वीकृत गर्ने र उद्योगहरूलाई ५० वर्षसम्म जग्गा लिजमा दिन सक्ने व्यवस्था ल्याएको छ ।
तपाईको प्रतिक्रिया