८ जेठ /अर्थ र व्यापार – नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हो । सरकारले आगामी मंगलबार आफ्नो नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन ।
तपाईको प्रतिक्रिया