logo

सञ्चय कोषले सञ्चयकर्तालाई फाइदा हुनेगरि ब्याजदर बढायो, साउनदेखि लागू हुने

    946   पटक पढिएको

१५ असार /अर्थ र व्यापार – कर्मचारी सञ्चय कोषले ब्याजदर बढाएको छ । आगामी १ साउनदेखि लागू हुनेगरी सञ्चय कोषले बचत र ऋण दुबैको ब्याजदर १.५ प्रतिशत विन्दुले बढाएको हो ।
कोषका कामु प्रशासक जितेन्द्र धितालले सञ्चय कोषको सञ्चालक समितिले ब्याजदर वृद्धिको प्रस्ताव पारित गरिसकेको बताए । उनका अनुसार कोषले सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर १.५ प्रतिशत विन्दुले बढाएर ८ प्रतिशत पुर्याएको छ ।
कोषले आर्थिक तथा प्रशासन प्रमुख तथा सीए ठाकुरजंग थापाको संयोजकत्वमा ब्याजदर पुनरावलोकन समिति गठन गरेको छ । समितिले सिफारिस गरेपछि कोष सञ्चालक समितिले निर्णय गर्ने छ र १० दिनभित्र ब्याजदरको सिफारिस गर्ने कोषले जनाएको छ ।
चालू आर्थिक वर्षमा बचतको ब्याजदर साढे ६ प्रतिशत छ । यसैगरि, सञ्चयकर्तालाई दिने ऋणको ब्याजदर १.५ प्रतिशत विन्दुले बढेर ९.१ प्रतिशत पुगेको छ । सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशत कायम गरिएको कोषले जानकारी दिएको छ ।
त्यसैगरि, जग्गा खरिद र सरल चक्रकर्जामा १०.२५ प्रतिशत कायम भएको छ । धितोमा आधारित कर्जाको ब्याज त्रैमासिक रुपमा भुक्तानी गरी नियमित गर्ने सञ्चयकर्ताको हकमा सम्बन्धित त्रैमासमा पाकेको ब्याजमा ०.२५ प्रतिशतले छुट (रिवेट) दिने कोषले जानकारी गराएको छ ।
कोषको बचत र ऋणको ब्याजदर अन्तर (स्प्रेड) १.१ प्रतिशत रहेको छ । गत वर्ष स्प्रेडदर १.२५ प्रतिशत थियो । सञ्चय कोषले स्प्रेडदर घटाउँदै लगेको छ । कोषले आर्थिक तथा प्रशासन प्रमुख तथा सीए ठाकुरजंग थापाको संयोजकत्वमा ब्याजदर पुनरावलोकन समिति गठन गरेको थियो । सो समितिले सिफारिस गरेपछि कोष सञ्चालक समितिले नयाँ ब्याजदर पारित गरेको हो ।
बजारमा तरलताको समस्या जारी रहेको र अझै केही समय हट्ने सम्भावना नदेखिएकाले आगामी आर्थिक वर्ष सञ्चयकर्तालाई दिने र उनीहरुबाट लिने दुवैको ब्याजदर बढाउनुपर्ने अवस्था देखिएको सञ्चय कोषले जनाएको छ । बजारमा तरलता संकट बढेपछि अहिले बैंकहरुले ब्याजदर बढाएका छन् ।
जलविद्युतलगायत विभिन्न परियोजनामा प्रवाह हुने कर्जाको ब्याजदर ९.७५ प्रतिशत छ । निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक र निजी व्यावसायिक प्रतिष्ठान लगायत गरी ६ लाख बढी सञ्चय कोषमा आबद्ध छन । चार वर्ष अघिसम्म बैंकिङ प्रणालीमा लगानी योग्य पुँजीको अभाव (क्रेडिट क्रञ्च) का कारण कोषले मुद्दती निक्षेप र परियोजना कर्जामा १२ प्रतिशतसम्म ब्याज लिने गरेको थियो ।
त्यसपछि, निरन्तर घटाउँदै लगेको छ । सञ्चय कोषले सरकारको जमानीमा साढे २६ अर्ब रुपैयाँ विमान खरिद गर्न नेपाल वायुसेवा निगमलाई ऋण दिएको थियो । कोरोना महामारीले गर्दा कर्जाको ब्याज प्राप्त भएको छैन । कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा ऋण लगानी गरेको छ ।
तामाकोसीबाट किस्ता आउन थालेको छ । कोषले १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना निर्माणधिन अवस्थामा छन् । १६० मेगावाटको लाप्चे जलविद्युत आयोजनामा ऋण लगानी सम्झौता गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।