logo

अर्थमन्त्री शर्माको राजीनामापछि प्रधानमन्त्री देउवाले सहसचिवहरूलाई बोलाए बालुवाटार

    1185   पटक पढिएको

२३ असार /अर्थ र व्यपार – एकपछि अर्को विवादको घेरामा तानिएर अन्ततः बुधबार पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्माको राजिनामापछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार अर्थ मन्त्रालयका सहसचिवहरूलाई बालुवाटार बोलाएका छन् ।
अब असार मसान्त अन्त्य हुन केही दिनमात्र बाँकी रहेको र पुँजीगत खर्च बढाउनुपर्ने दबाब बढिरहेका बेला अर्थ मन्त्रालय मन्त्री सहसचिवविहीन बनेपछि देउवाले सहसचिवसँग ब्रिफिङ लिन थालेका हुन् ।
अर्थ माओवादी केन्द्रको भागमा परेको र माओवादीले अर्थमन्त्रीका लागि नयाँ व्यक्तिको नाम सिफारिस नगरेपछि दैनिक कामकाज देउवाले हेर्ने भएका छन् । सोही कारण अर्थका सहसचिवहरु बिहीबार बालुवाटार बोलाएइका हुन् ।
मन्त्री नभए पनि अर्थसचिव नभई हुँदैन । सचिव नहुँदा दैनिक कामकाज नै प्रभावित हुने बताउँदै अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘सचिव आउन एक दिन ढिला हुँदा १५ अर्ब खर्च हुँदैन, त्यो भनेको ठूलो रकम हो । सरकारले पुँजीगत खर्च बढाउन अहिले दैनिक १५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने दबाब छ । यस्तो बेला सचिव बिदा बस्दा ठूलो असर पर्छ ।’
‘अर्थमन्त्रीका रुपमा प्रधानमन्त्री देउवाले काम गर्नुहुन्छ । तर, दैनिक कामकाज अर्थसचिवबाटै हुनुपर्छ । तर, अहिले मन्त्रालय सचिवविहीन छ । यसकारण पनि प्रधानमन्त्री देउवाले अहिलेको वर्तमान अवस्था बुझ्न बोलाउनुभएको हो,’ अर्थका एक अधिकारीले भने ।
पुँजीगत खर्चको अवस्था निराशाजनक छ । तत्कालीन अर्थमन्त्री शर्माले पहिलो तीन महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने र त्यसपछिका बाँकी प्रत्येक महिना १०÷१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने बताएका थिए । यद्यपि, उनको बोली सत्य सावित हुन सकेको छैन।
महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्म ४३.४५ प्रतिशत पुँजीगत खर्च भएको छ । अबको ९ दिनमा झन्डै ५७ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने दबाबमा मन्त्रालय छ । यस्तो बेला विभागीय प्रमुखसचिव नै अर्थमा छैनन् । उनी नहुँदा सहसचिवहरुलाई निर्णय लिनसमेत सकस परेको छ ।
प्रधानमन्त्री देउवाले पुँजीगत खर्च बढाउन र अर्थमन्त्रीले गरेका गल्तीलाई कसरी सुर्धान सकिन्छ भन्ने विषयमा छलफल गर्न सहसचिवहरुलाई बोलाएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । ‘बजेट आएदेखि नै व्यवसायीको एउटा समूह विरोधमा रहेको बताउँदै उनले भने, ‘उनीहरुको माग सम्बोधनमा के के गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुनेछ ।’
प्रधानमन्त्री देउवा स्वयंले शर्मालाई निर्देशन दिई सच्याउन भनेका कैयौं विषय पनि सच्याइएका थिएनन् । त्यसलाई सच्याउनेबारे पनि बालुवाटारमा छलफल हुने बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।