logo

बजेटले सेयर लगानीकर्ता र खाद्यान्नको मूल्य वृद्धिलाई समेटेन:गोल्छा

    1044   पटक पढिएको

२३ जेठ /अर्थ र व्यापार – निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट अपेक्षाअनुसार नआएको बताएका छन् । सोमबार राजश्व परामर्श समितिले आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले अपेक्षा अनुसार बजेट नआएको बताएका हुन ।
यद्यपी बजेटले नसमेटाएका विषय नेपाल राष्ट्र बैंकको मौद्रीक नीतिले समेट्नेमा नीजि क्षेत्र रहेको उनले बताए । बजेटले ग्लोबल मार्केटमा बढेको खाद्यान्नको मूल्य समेट्ने अपेक्षा थियो । यसैगरि करिब ६० लाख हाराहारीमा रहेका सेयर लगानीकर्तालाई समेत समेट्ने अपेक्षा थियो,ु गोल्छाले भने, ुतर आफूहरूको अपेक्षा अनुसार बजेट आएन ।
यद्यपि बजेटले नीजि क्षेत्रले राखेका धेरै विषय समेटेको बताए । उनले केही राम्रा विषय समेट्दा समेट्दै धेरै कुरा छुटेको गोल्छाको भनाइ छ । विदेशी लगानीकर्तालाई आकर्षण गर्न अपार्टमेन्टमा विदेशी लगानीमा राखिएको सिमा हटाउनुपर्ने महासंघको माग छ । कोभिडबाट संकुचित बनेको अर्थतन्त्र उकास्न बजेटले होटल र पर्यटन क्षेत्रलाई प्याकेज दिइएको छ । जसले यो क्षेत्रलाई सुधार्न सहयोग पु¥याउने गोल्छाले बताए ।
यसैगरी, बजेटले ठूला उद्योगलाई जस्तै साना र मझौला उद्योगलाई समेत विधुतमा छुट दिनुपर्ने उनको माग छ । यसका साथै विधुत प्रयोग बढाउने लक्ष्य लिँदै गर्दा विधुतीय सवारीमा बढाइएको अन्तःशुल्कले विधुत खपत गर्ने लक्ष्य प्रभावित बन्ने उनले बताए ।
सो कार्यक्रममा अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्करले तरलता र विदेशी मुद्रा सञ्चितिको समस्या साउनदेखि समाधान हुने बताए । नेपाल राजश्व परामर्श समितिले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९÷०८० को राजश्व नीति तथा कर सुधार सम्बन्धि अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नयाँ आर्थिक वर्षको सुरुवातसँगै समाधान हुने बताउँदै उनले कोरोना जसरी नै सकिएर जाने बताए । यसैगरि, उनले कसरी सन्तुलित रुपमा अगाडि बढ्ने हो भनेर सरकारलाई सकारात्मक सुझाव आवश्यक रहेको बताए । ती सुझाव व्यक्तिगतभन्दा पनि देशलाई नै सहयोग हुने हुनपर्ने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।