२८ असार/अर्थ र व्यापार – आन्तरिक राजस्व विभागले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण असार मसान्त भित्र बुझाउन करदातालाई ताकेता गरेको छ ।
विभागले एक सूचना निकाल्दै आयवर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सो को विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्त भित्रै बुझाउन विभागले ताकेता गरेको हो ।
१ साउनदेखि आगामी आर्थिक वर्ष २०७९/८० सुरु हुन्छ । त्यसपछि आयकर ऐन अनुसार जरिवाना सुरु हुन्छ ।
सरकारले चालु आर्थिक वर्षमा आयकरबाट मात्र २ खर्ब ८९ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । जसमध्ये वैशाख मसान्तसम्म २ खर्ब ३४ करोड रुपैयाँ संकलन भइसकेको छ ।
तपाईको प्रतिक्रिया