logo

गैरआवासीय नेपालीद्वारा धितोपत्र बजारमा प्रवेश गराउन माग

    1368   पटक पढिएको

३ असार/अर्थ र व्यापार – गैर आवासीय नेपालीले प्रवासीको लगानीलाई धितोपत्र विनिमय बजारमा प्रवेश गराउनु पर्ने माग गरेका छन् । गैर आवासीय नेपाली संघले आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको निष्कर्ष निकाल्दै धितोपत्र ऐन तथा नियमावली संशोधन गरी धितोपत्र बजारमा प्रवेश गराउनु पर्ने बताएको हो ।
संघले गैरआवासीय नेपाली ऐनलगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) तथा त्यस सम्बन्धी नियमावली संशोधन गर्न माग गरेको छ ।
गैरआवासीय नेपालीको लगानी अभिवृद्धि गर्न गैरआवासीय ऐनले परिकल्पना गरेअनुसार नेपाली नागरिकसरह न्यूनतम लगानी सीमा लागू नगर्ने व्यवस्था कायम गर्नु पर्ने संघले जनाएको छ । मताधिकारबाट वञ्चित विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानुन निर्माण गर्न संघले माग गरेको छ ।
यसैगरि, नेपाली नागरिकता बाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कुटनीतिक नियोग मार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने एवम् राष्ट्रिय परिचय पत्र समेत बनाउन सक्ने व्यवस्था मिलाउनुपर्ने उनीहरुको आग्रह छ ।
सरकारले गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकुल वातावरण निर्माण गर्नुका साथै कानुनी बाधा अड्चनलाई संशोधन गर्नुपर्ने संघको माग छ । ब्रिटिस गोर्खा सैनिकको समान हक, अधिकार तथा पेन्सन लगायतका मागहरुको उचित सम्बोधन गर्न सरकारले गरेको पहलको स्वागत गर्दै संघले कूटनीतिक माध्यमबाट बाँकी रहेका समस्या समाधान गर्नुपर्ने जनाएको छ ।
गैरआवासीय नेपालीलाई नागरिकता प्राप्त गर्न कठिनाई हुने भएकाले मुलुकमा बसोबास गर्ने नेपालीलाई हाल प्रदान हुँदै आएको गैरआवासीय नेपाली परिचयपत्रलाई थप अधिकारसहित निरन्तरता दिनुपर्ने संघको माग छ । वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यको लागि आवश्यक संयन्त्र बनाई श्रम सम्झौतामा उल्लेखित सामाजिक सुरक्षा कोषको अनिवार्य कार्यन्वयन गर्नुपर्ने संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।