logo

जीआई र ग्याबियन तारको कच्चा पदार्थमा लगाइएको भन्सार शुल्क हटाउन माग

    1181   पटक पढिएको

२७ जेठ/अर्थ र व्यापार – जीआई र ग्याबियन तार उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थ आयातमा बढाइएको भन्सार शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन् ।
यस्ता उद्योगहरूले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सरकारको नीतिले उद्योगहरू धारासायी हुने भन्दै १० प्रतिशत शुल्क खारेज गरी १ प्रतिशत कायम गर्न माग गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेट २०७९÷८० मार्फत सरकारले जी.आई र ग्याबियन तार उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आयातमा १० प्रतिशत भन्सार शुल्क कायम गरेको छ ।
जी.आई वायर उत्पादन प्रयोजनार्थ चाहिने उच्चकोटीको ‘एमएस वायर रड’ उत्पादन गर्ने उद्योगहरूलाई भने एक प्रतिशत शुल्क कायम गरेको छ । अन्तशुल्क छुट गर्ने र विद्युतमा पनि १५ प्रतिशत छुट दिएको छ ।
तर, उद्योगीहरूले हुँदै नभएको उद्योगलाई छुट दिएर सरकारले भएका उद्योगलाई धरासायी बनाएको आरोप लगाएका छन् । उनीहरुले सरकारको यो नीति अन्तरघाती हुने भन्दै अब आफुहरु आन्दोलत हुने चेतावनी छ ।
भन्सार शुल्क बढ्दा उत्पादित तारको मूल्य बढ्ने, गुणस्तर घट्ने, विकास निर्माणको लागत बढ्ने उनीहरूको भनाइ छ ।
यसैगरि, उद्योगीहरूले आयातमा भारतले लगाएको १५ प्रतिशत निर्यात शुल्कले पनि उद्योगहरू प्रभावित हुने भएकाले उक्त शुल्क हटाउन पहल गरिदिन माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।