logo

जीआई र ग्याबियन तारको कच्चा पदार्थमा लगाइएको भन्सार शुल्क हटाउन माग

    1512   पटक पढिएको

२७ जेठ/अर्थ र व्यापार – जीआई र ग्याबियन तार उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थ आयातमा बढाइएको भन्सार शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन् ।
यस्ता उद्योगहरूले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सरकारको नीतिले उद्योगहरू धारासायी हुने भन्दै १० प्रतिशत शुल्क खारेज गरी १ प्रतिशत कायम गर्न माग गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेट २०७९÷८० मार्फत सरकारले जी.आई र ग्याबियन तार उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आयातमा १० प्रतिशत भन्सार शुल्क कायम गरेको छ ।
जी.आई वायर उत्पादन प्रयोजनार्थ चाहिने उच्चकोटीको ‘एमएस वायर रड’ उत्पादन गर्ने उद्योगहरूलाई भने एक प्रतिशत शुल्क कायम गरेको छ । अन्तशुल्क छुट गर्ने र विद्युतमा पनि १५ प्रतिशत छुट दिएको छ ।
तर, उद्योगीहरूले हुँदै नभएको उद्योगलाई छुट दिएर सरकारले भएका उद्योगलाई धरासायी बनाएको आरोप लगाएका छन् । उनीहरुले सरकारको यो नीति अन्तरघाती हुने भन्दै अब आफुहरु आन्दोलत हुने चेतावनी छ ।
भन्सार शुल्क बढ्दा उत्पादित तारको मूल्य बढ्ने, गुणस्तर घट्ने, विकास निर्माणको लागत बढ्ने उनीहरूको भनाइ छ ।
यसैगरि, उद्योगीहरूले आयातमा भारतले लगाएको १५ प्रतिशत निर्यात शुल्कले पनि उद्योगहरू प्रभावित हुने भएकाले उक्त शुल्क हटाउन पहल गरिदिन माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।