logo

आयात नियन्त्रणमा सरकार चुक्यो, एघार महिनामा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको बस्तु भित्रियो

    704   पटक पढिएको

१२ असार/अर्थ र व्यापार– स्वदेशी उत्पादनको प्रवद्र्धन र विदेशी मुद्राको सञ्चितिमा देखिएको संकटपूर्ण अवस्थाबाट पार पाउन भन्दै नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत पुरै सरकारी संयन्त्रले विदेशी बस्तुहरुको आयातमा कडाइ गरे पनि आयात रोकिएको छैन ।
विलासिताका बस्तुहरुलाई त पूर्ण रुपमा भित्रिनै नदिने नीति लिएको सरकार प्रयास भन्दा बिपरित चालु आर्थिक वर्ष २०७८÷७९ को वितेका एघार महिनाको अवधीमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ भन्दाबढीको विदेशी वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वितेका एघार महिना गत जेठ मसान्तसम्मको तथ्यांक विभिन्न देसबाट नेपाल भित्रिने बस्तुहरुको आयातको अवस्था यस्तो देखिएको हो । विभागको तथ्यांक अनुसार सो अवधीमा आयातको अवस्था गत आवको तुलनामा २७ दशमलब ५ प्रतिशतले बृद्धि भएको देखिएको छ ।
यो तथ्यांकलाई आधार मानेर विश्लेषण गर्दा अहिलेसम्म आयात नियन्त्रणकालागि सरकारका विभिन्न निकाएबाट भएका प्रयास नै विफल भएको पाईएको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन । उनीहरुले यसलाई सरकारी अकर्मयता समेत भनेका छन ।
दैनिक उपभोग्य बस्तुहरुदेखि देसको हरेक क्षेत्र आयातमै निर्भर भएर मुलुकको ढुकुटी नै रित्तिएर वैदेशिक मुद्रा संचितीको चरम संकटबाट पार पाउनकालागि नेपाल राष्ट्र बैंकले यसअघि दुई पटक सूचना जारी गरेर विभिन्न बस्तुको आयातमा कडाइ गरेको थियो ।
यसैगरि, उद्योग मन्त्रालयले पनि आयात नियन्त्रणकालागि विभिन्न दस वस्तुको सूचि नै राजपत्रमा प्रकाशन गरेर त्यस्ता बस्तु नेपाल भित्राउन प्रतिबन्ध नै लगाए पनि अझै आयात घट्नुको साटो उल्टै बढ्दै गएको देखिएकाले आफुहरुलाई अचम्म लागेको उनीहरुको भनाई छ । यसअघि सरकारले गरेको अनेक प्रयास भन्दा बाहिर गएर दैनिक आयात बढ्नु सरकारकै कमजोरी भएको सम्बन्धीत सरोकारवालाहरुको दावी छ ।
भन्सार विभागले जानकारि गराए अनुसार चालु आवको वितेका एघार महिनाको अवधिमा नेपालले विभिन्न देशबाट कुल १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले जम्मा १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको सामान आयात गरेको थियो ।
विभागका अनुसार सो अवधीमा करिब ५ अर्ब रुपैयाँ भन्दाबढीको विद्युतीय गाडी नेपाल भित्रएको छ । सो अवधीमा १७ सय बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि जेठ मसान्तसम्मको तथ्यांक अनुसार एकहजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
गत आर्थिक वर्षको एघार महिनाको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधनको आयातमा ७०० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७÷७८ को एघार महिनाको अवधिमा जम्मा २१३ विद्युतीय गाडी आयात भएका थिए ।
विभागका अनुसार यो अवधीमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १५४ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६५६ गरी ८१० गाडी नेपाल भित्रिएका छन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६०८, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका १३२ र फ्रान्सबाट एक गाडी नेपाल भित्रिएका छन् ।
यसैगरि, युकेबाट १०० दखि १५० किलोवाट क्षमताका १३, चीनबाट १५० देखि २०० किलोबाट क्षमताका ६५६, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२, जापानबाट ७८, युकेबाट चार गाडी नेपाल आएका छन् । युकेबाट २००देखि ३०० किलोवाट क्षमताका चार र युकेबाटै ३०० क्षमताभन्दा माथिका दुई विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
गत वैशाखमा न्यून मात्रामा विद्युतीय गाडी भित्र्याइएकामा जेठमा वृद्धि भएको छ । गत वैशाखको तुलनामा जेठमा मात्रै १५३ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । वैशाखमा ७८ मात्रै विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।
पाँच अर्ब रुपैयाँ बढीका विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार जेठ मसान्तसम्म एक हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिँदा पाँचअर्ब ५ करोड १६ लाख १३ हजार रुपैयाँ बाहिरएको थियो । यसरी भन्सार नाकाबाट भित्रिएको विद्युतीय गाडी आयातबाट सरकारले एकअर्ब ३५ करोड ४१ लाख बराबर राजस्व संकलन गरेको छ । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित हुने गाडीको आयातमा रोक लगाउँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको बताइएको छ ।
यस अवधीमा तेल आयातको अवस्था पनि बढेको छ । यसरी बृद्धि भएको आयातसँगै राजश्वमा समेत बृद्धि भएको विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार गत वैशाख महिनामा यस्ता आयातबाट राजश्व संकलनमा कमी आएको देखिएपनि पुनः जेठ महिनामा राजश्व संकलन बृद्धि भएको छ ।
गत बैशाखसम्म ३४ अर्ब ३५ करोड ८ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । जेठ महिनामा ४१ अर्ब १८ करोड ५३ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन भएको छ । एक महिनामा यस्ता बस्तु आयातबाट राजश्व संकलन १९ दशमलब ८२ प्रतिशतले बढेको छ ।
गत बैशाख महिनाको तुलनामा जेठ महिनामा मात्रै ६ अर्ब ८३ करोड ४५ लाख १९ हजार रुपैयाँ संकलन भएको देखिएको छ । फागुन महिनामा मात्रै ३९ अर्ब ३३ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएकोमा चैत महिनामा ३८ अर्ब २४ करोड ६० लाख ६५ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो । त्यसैगरि, गत महिनाको तुलनामा चैत महिनामा १ अर्ब ८ करोड ४१ लाख २१ हजार रुपैयाँले राजश्व संकलनमा कमी आएको छ । गत माघ महिनामा ३६ अर्ब ७ करोड र गत पुस महिनामा ४० अर्ब २७ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो ।
यसैगरी, नेपालले चालु आर्थिक वर्षको सोही अवधीमा कुल १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३ दशमलब ३ प्रतिशतले निर्यातमा बृद्धि भएको देखिएको छ ।
भन्सार विभागका अनुसार निर्यात पनि हाल सम्मकै उच्च देखिएको छ । ११ महिनाको तथ्यांक अनुसार कुल ११ महिनामा एक खर्ब ८५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो आवको सोही अवधिको तुलनामा निर्यात ५३ दशमलब ३ प्रतिशतले बढी हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।